Headlines News :
Home » » दाङमा प्रहरीमाथि स्थानीयबासीको आक्रमण, घाईते प्रहरीको बुटवलमा उपचार हुँदै

दाङमा प्रहरीमाथि स्थानीयबासीको आक्रमण, घाईते प्रहरीको बुटवलमा उपचार हुँदै

Written By Unknown on Monday, September 5, 2016 | 8:03 PM


भदौ २१, दाङ । शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ ।
दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
सोमबार बस्नेतको कमान्डमा खटिएका चारजनाको प्रहरी टोलीमाथि लुकेर दाउराले प्रहार गरी अगाडि हिँडिरहेका सहायक निरीक्षक बस्नेतमाथि आक्रमण गरेका थिए । टाउकामा गम्भीर चोट लागी घाइते हुनुभएका बस्नेतको बुटवलमा उपचार भइरहेको बताएको छ ।
कुटपिटमा संलग्न लालमटिया–३ बस्ने सुनिल मल्ल, झपिन्द्र पाण्डे, शेरबहादुर विक, अमर खत्री र अनिल घर्ती फरार भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सोही समयमा शान्तिसुरक्षाका लागि ड्युटीमा खटाइएका प्रहरी चौकी सिसहनियाका सहायक निरीक्षक यज्ञमणि वैद्यमाथि पनि गोवरडिहा–४ बस्ने श्यामसिंह चौधरी र अम्रेश चौधरीले हातपात गर्न खोजेको र उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक मदन केसीले जानकारी दिएका छन् । रासस

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger