Headlines News :
Home » » राप्ती अंचल अस्पतालका एम्बुलेन्स चालक एम्बुलेन्स वेवारिसे अबस्थामा छोडेर भागेपछि...

राप्ती अंचल अस्पतालका एम्बुलेन्स चालक एम्बुलेन्स वेवारिसे अबस्थामा छोडेर भागेपछि...

Written By Unknown on Monday, September 5, 2016 | 8:14 PM


भदौ २१, दाङ । राप्ती अंचल अस्पतालका एम्बुलेन्स चालक सम्पर्कविहिन भएका छन । चालक सम्पर्कमा नआएपछि उनका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

रा १ झ ११३ नम्बरको एम्बुलेन्स चालक दिपेन्द्र बहादुर खत्रीले एम्बुलेन्सलाई अस्पतालको परिसरमा वेवारिसे अबस्थामा छोडेर भागेका हुन । अस्पतालले उनका विरुद्ध प्रहरीमा ठगि मुद्दामा जाहेरी दिएको छ । उजुरीका आधारमा प्रहरीले उनका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

गएको साउन महिना देखि मासीक २० हजार रुपैयाँमा यम्बुलेन्स ठेक्का लिएका चालक खत्रीले पैसा नतिरेर भागेको राप्ती अंचल अस्पताल विकास समितिका अध्यक्ष रुद्रमणी शर्माले जानकारी दिए ।

उसलाई पक्राउ गरि ठगी गरेको एक लाख ९० हजार रुपैयाँ असुल उपरका लागि प्रहरीलाई विभिन्न समयमा गरि दुई पटक चिठ्ठी लेखेको अध्यक्ष शर्माले बताए ।

जेठ २५ गते गाडि अस्पतलाको परिसरमा राखेर गायव भएका चालक खत्रीले केहि समय अघि अज्ञात नम्बरबाट फोन गरेर उक्त रकम आफुले तिर्ने र मुद्दा फिर्ता लिन आग्रह गरेका थिए । तर आफैले भनेको समयमा पनि उसले पैसा नबुझाएको गिरीको भनाइ छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger