Headlines News :
Home » » रुकुमका एक बिरामीको काठमाडौं लिँदै गर्दा हवाईजहाजमै मृत्यु

रुकुमका एक बिरामीको काठमाडौं लिँदै गर्दा हवाईजहाजमै मृत्यु

Written By Unknown on Thursday, September 22, 2016 | 10:44 PM


मेघराज खड्का ७-असोज/रुकुम । चौरजहारी अस्पतालले थप उपचारका लागि काठमाडौं रेफर गरेकी एक जना महिलाको प्लेन मै मृत्यु भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका ५ लापुलेगाउँ निवासी विरवहादुर केसी कि श्रीमती वसन्ता केसीको हवाईजहाजमै मृत्य भएको पारिवारीक स्रोतले जनाएको छ ।

चौरजहारी विमानस्थल देखिकाठमाडौका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजमा केसीको निधन भएको मृतकका देवर मोति प्रसाद पोखरेलले जानकारी दिए । विहीवार दिउँसो २ वजेर २५ मिनेटमा उडेको जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्नुपुर्व नै केसीको मृत्यु भइसकेको देवर पोखरेलले बताए ।

५४ वर्षीया केसी उच्च रक्तचापको विरामी हुन । उक्त समस्याले गर्दा चौरजहारी अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो । उनको प्लेनमै मृत्यु भएपनि मृतकको शव शिक्षण अस्पताल लगिएको थियो ।

हाल उनको शव महाराजगञ्जमा राखिएको छ । पोष्टमार्टम पछि शव चौरजहारी ल्याईने तयारी भैरहेको पारिवारीक श्रोतले जानकारी दिएको छ । जहाजमा यात्रा गर्ने क्रममा हाईअल्टीच्युडका कारण प्यासेन्जरको मृत्यु भएमा १४ हजार डलर पाउने नियम छ ।

तर मृतक विरामीको आफन्तले उडान अवधिभर विरामीको मृत्युभएमा कुनै पनि क्षतिपुर्ति माग गर्ने छैनौ भन्ने कागज गरेकाले उक्त रकम नपाउने नेपाल वायुसेवा निगम चौरजहारी स्टेशनले जानकारी दिएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger