|
|
विधिवत रुपमा दर्ताभई यातायात प्रालि सञ्चालनमा आएको हो । यातायात प्रालिले रोल्पा काठमाडौंका लागि यात्रुबाहक सुविधा सम्पन्न एसी डिलक्स बस विहिवारदेखी सञ्चालन गरेकोे प्रालिका अध्यक्ष मिलन पुनले बताए ।
रोल्पालीको माग र चाहान अनुसार प्रालि सञ्चालनमा ल्याएको अध्यक्ष पुनले बताए । प्रालिले करिब ७० लाखमा ४ वटा डिलक्स बस ल्याइसकेको छ भने कार्तिक महिना भित्र ३ वटा बस थप गर्ने प्रालि अध्यक्ष पुनले बताए ।
प्रालिले पहिलो चरणमा दैनिक रोल्पा–काठमाण्डौं बस सञ्चालन गरेको छ । निकट भविष्यमै नेपालगञ्ज तथा दाङका लागि गाडी सञ्चालन गर्ने बताइएको छ । प्रालि सञ्चालन भएपछि स्थानीयहरु खुसी भएका छन् ।
यसअघि सुबिधासम्पन्न गाडीहरु कम मात्रै भएकोमा प्रालिले सबै सुबिधा सम्पन्न गाडी सञ्चालनमा ल्याएपछि यात्रुहरु हर्षित भएका छन् । यसअघि रोल्पामा जलजला यातायात व्यवसायी समितिले एक्लौटी रुपमा गाडी सञ्चालन गर्दै आएको थियो । तुलसीपुर अनलाइनबाट
Post a Comment