|
|
केहि दिन अघि मात्र बुटवलबाट सदरमुकाम लिबाङमा बेच्न ल्याइएको म्याद नाघेको चिउरा जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको थियो ।
बिशेष सुराकिको आधारमा भाद्र १७ गते शुक्रबार प्युठानको विजुवारमा रहेको सुरेन्द्र स्टोरले बिक्रि गर्न ल्याउदै गरेको म्याद नाघेका ५९ कार्टुन फ्यान्टा नियन्त्रणमा लिइ नष्ट गरेपछि रोल्पाका स्थानियहरुले बाहिरी व्यापारिहरुबाट अखाद्य बस्तुहरुको विक्रि हुने अखडाको रुपमा जिल्लालाइ प्रयोग गर्न खोजेको भन्दै गुनासो गरेका छन ।
बाहिरी व्यापारिहरुले लगातार रुपमा अखाद्य बस्तुहरु बिक्रि गर्ने गरेको खुलेपछि स्थानिय व्यापारिहरुले कस्तो सामान खरिद गर्दछन भन्ने प्रश्न पनि स्थानियहरुले उठाँएका छन ।
यस्तै, पटक पटक म्याद नाघेका सामानहरु जिल्लामा भित्रिन थालेपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लामा खाद्य सामान लिइ भित्रिने गाडिहरुमा कडा निगरानि गर्न थालेको छ । तुलसीपुर अनलाइनबाट
Post a Comment