|
|
नेपालीहरुको महानपर्व बिजया दशमी र शुभदिपावली नजिकिदै गर्दा दशै तिहार बिशेष गित बजारमा आउने क्रम जारी छ । कतिपय दशै तिहार सम्बन्धी गित मनोरन्जन दिने खालका छन भने कतिपय गितले वास्ताविक नेपाली समाजको यर्थाथतालाई बोकेका छन ।
त्यस्को एक उदाहरण हो अन्जुली म्युजिक मार्फत बजारमा आएको गित किन आउछ दशै तिहार । गितमा चाडपर्वमा गरिबीले निम्त्याएको समस्या र हुदा खानेको पिडालाई समेटेको छ । पाल्पाको सहलकोटमा जन्मिएकी लोक तथा दोहोरी गायिका दिपीका मगरले बालचन्द्र बराल र पवन केसी सगंको सहकार्यमा गित बजारमा ल्याएका हुन् ।
उक्त गितमा ऋषी खडकाको लय श्रृजना, बालचन्द्र बरालको शब्द र दिपीका मगर र बालचन्द्र बरालको स्वर सुन्न सकिन्छ । बिगत केही समय देखी काठमान्डौमा बसेर लोकगितमा सक्रिय मगरले गितलाई माया गरिदिन र सुनिदिन सबैमा आग्रह गरेका छन् ।
Post a Comment