Headlines News :
Home » » रोल्पाको माडीचौर देखि काठमाण्डौंको लागि रात्री बस सेवा सुरु

रोल्पाको माडीचौर देखि काठमाण्डौंको लागि रात्री बस सेवा सुरु

Written By Unknown on Saturday, September 17, 2016 | 6:27 AM


माधवकुमार ओली/असोज १, रोल्पा । जलजला यातायात व्यवसायी समिति रोल्पाले शनिवारदेखी रोल्पाको माडीचौर–काठमाण्डौं रात्री बस सेवा सञ्चालन गरेको छ ।
शनिवार पहिलो पटक माडीचौरबाट दिउसो पौने २ बजे काठमाण्डौका लागि रात्री बस सेवा सुरु गरेको जलजला यातायात व्यावसायी समिति रोल्पाका अध्यक्ष तेजबिक्रम रावतले जानकारी दिए ।

यात्रुहरुको माग अनुसार माडिचौरदेखी बस सेवा सुरु गरेको अध्यक्ष रावतले बताए । यसअघि समितिले रोल्पाको लिबाङ, रेउघा र सुलिचौरबाट रात्री बस सेवा सञ्चालन गर्दै आएको छ ।

यस्तै शनिवार देखीनै रोल्पाको घर्तीगाउँबाट पनि काठमाण्डौंका लागि रात्री बस सेवा पुनः सञ्चालनमा आएको छ । यसअघि वर्षाका कारण पहिरोले बाटो पटक–पटक अबरुद्ध हुदाँ बस सेवा बन्द भएको थियो ।

शहिदमार्ग सडक खण्ड अन्तरगत होलेरी–घर्तीगाउँ सडक मर्मत गरेपछि बस सेवा पुनः सुरु भएको हो । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger