|
|
तुलसीपुर-३ गौजेनीमा लेवर काम गर्दै आएका सल्यान फलवाङ८ बुगिचौरका अन्दाजी ५५ वर्षिय हिरालाल विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । छ भने सोही ठाउका २ जनाको अवस्था गम्भिर रहेको छ ।
वन्दकोठामा भुसे चुला ननिभाएकाले घटना भएको प्रहरीले वताएको छ । गगम्भिर रहेका वर्ष ३० का धर्म वहादुर योगी र आशाराम वि.क.को अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
अचेत अवस्थामा भएकाहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । अस्पताल श्रोतका अनुसार अचेत अवस्थामा भएकाले यहाँ उपचार संभव नभएको वताएको छ ।
उनिहरु लाई अस्पतलाले रीफर गर्नुपर्ने भनेपनि कोहि आफन्तजन र आर्थिक समस्याका कारण थप उपचारका लागि अन्यत्र लग्न नसकिएको हो ।
उनिहरुले आफु बस्ने कोठामा भुसे चुलोमा खाना पकाएर चुलो निभाउन भुलेर सुतेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । -तुलसीपुर अनलाइनबाट
Post a Comment