Headlines News :
Home » » दाङमा घ्यूमा डाल्डा मिसाउदै गरेको अबस्थामा ९ पक्राउ, तीन सय किलो मिसावट घ्यू बरामद

दाङमा घ्यूमा डाल्डा मिसाउदै गरेको अबस्थामा ९ पक्राउ, तीन सय किलो मिसावट घ्यू बरामद

Written By Unknown on Saturday, October 22, 2016 | 7:36 PM


निमुसंगम घर्ती/घोराही ७, कार्तिक । दाङमा प्रहरीले घ्यूमा अखाद्य पदार्थ मिसाएर बिक्रि गर्ने एक गिरोहरुलाई ठूलो मात्रामा मिसावट घ्यू सहित पक्राउ गरेको छ ।
घोराहीको बालमन्दिरमा रहेको शान्ति होटलमा भैसीको घ्यूमा डाल्डा र सनफ्लावरको घ्यू मिसाईरहेको अबस्थामा ८ जना भारतिय सहित एक जना नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख, प्रहरी निरीक्षक सूर्य थापाको कमाण्डमा गएको प्रहरीले शुक्रबार राती सवा दश बजे होटलबाट घ्यू सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । भैसीको घ्यू सहित डाल्डा, र सनप्mलावरको ३ सय किलो मिसावट घ्यू, एक थान ग्यास चुलो, दुइ थान सिलिन्डर, एक थान स्टोप र करिब ३ सय ५० वटा एक किलोका डिब्बाहरु समेत जफत गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

करिब २५ वटा डिब्बामा मिसावट घ्यू समेत प्याक भैसकेको अबस्थामा प्रहरीले फेला पारेको हो । साथै प्रहरीले उनिहरुको साथबाट एक लाख ६८ हजार ९ सय नगद र एक सय थान बच्चाले लगाउने कपडा समेत बरामद गरेको छ । पक्राउ परेका ८ जना भारतिय र एक जना रौतहटका नेपाली रहेका छन् ।

उक्त गिरोहले होटलमा माथिल्लो तला भाडामा लिएर ४ दिन अघि देखी बस्दै आएको खुल्न आएको छ । उनिहरुको गिरोह १२ जना बढीको रहेको र अन्य भने पक्राउ नपरेको प्रहरीले जनाएको छ । उक्त गिरोहले मिसावट गरेका घ्यूहरु बजारमा समेत गैसेकको प्रहरीले सूचना पाएको बताएको छ ।

चाडपर्वका समयमा उक्त गिरोहले यसरी शुद्ध घ्यूको नाममा मिसावट गरि अखाद्य घ्यूहरु बिक्रि गर्दै आएको र अघिल्ला बर्षहरुमा समेत यसरी कारोबार हुदै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । पक्राउ परेका सबैलाई वडा प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

उनिहरुका बारेमा अनुसन्धान भैरहेको र उनिहरुलाई अखाद्य पदार्थ मिसावट तथा कालोबजारी ऐन अन्तरगत मुद्धा चलाएर कार्वाही हुने दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger