Headlines News :
Home » » तुलसीपुर बजार अब लोडसेडिङको रातमा पनि झिलिमिली

तुलसीपुर बजार अब लोडसेडिङको रातमा पनि झिलिमिली

Written By Unknown on Wednesday, October 19, 2016 | 1:51 AM


दिपक बोहरा/कात्तिक ३, तुलसीपुर । अब रातको समयमा समेत तपाँई तुलसीपुर बजारमा निधक्क हिडडुल गर्न सक्नुहुने छ ।
कारण, अब देखि रातिमा लोड सेडिङ भएपनि तुलसीपुर बजार चकमन्न बलिरहेको हुनेछ । रातिको लोड्सेडिङमा अन्धकारले छोप्ने गल्लिहरु उज्योलोमा परिनत भएपछि तुलसीपुरवासी हर्षित छन् ।

लोडसेडिङको अध्यारोमा सडकमा हिड्न असहज मात्रै थिएन , जोखिम पनि उत्तिकै थियो । कुटपिट, चोरी , लुटपाट जस्ता घटनाहरु हुने गरेका थुपै उदारहणहरु तुलसीपुरवासीले भोगेका थिए । अब त्यो त्रासदी सदाको लागि समाप्त हुने अपेक्षा गरिएको छ । तुलसीपुर बजारका बिभिन्न स्थानमा सौर्य सडक बत्ति जडान भएसंगै त्यस्तो अपेक्षा गरिएको हो ।

‘अहिले बजारका अधिकाँस ठाँउमा सौर्य सडक बत्ति जडान भईसकेका छन् भने केही ठाँउमा जडान कार्य धमाधम भइरहेको छ ।’ तुलसीपुर नगरपालिकाका ईञ्जिनियर पवन कुमार योगीले भने ‘ उज्यालो पर्व तिहार सम्म तुलसीपुर झिलिमिली हुनेछ ।’ उनले तुलसीपुर बजार क्षेत्रको क, ख, ङ र न्युरोड लाईनमा सौर्य सडक बक्ति जडान गरिसकेको र बजारका अन्य सडकमा जडान कार्य जारी रहेको जानकारी दिए ।

अब एक हप्तामै तुलसीपुरका सबै ठाँउमा सौर्य बक्ति जडान कार्य पुरा गरिसक्ने ईञ्जिनियर योगीले बताए ।योगीका अनुसार तुलसीपुरको ‘ग’ लाईन तथा तुलसीपुर ६ हात्तिखौवादेखि सिप विकास जाने सडकमा सौर्य वत्ति जडान कार्य जारी रहेको छ ।

स्थानीय बिकास मन्त्रालयको अनुदान , तुलसीपुर नगरपाकाको लगानी तथा स्थानीय उपभोक्ताको लागत सहभागीतामा तुलसीपुरका बिभिन्न स्थानमा ७८ वटा सौर्यबत्ति जडान कार्य भइरहेको ईञ्जिनियर योगीले बताए । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सडक वत्ति जडान कार्य पुरा गर्ने स्थानीय बिकास मन्त्रालयको योजना अनुसार नै काम अगाडि बढेको तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।

केसीका अनुसार तिहार अगाडि नै तुलसीपुर बजारका सबै स्थानमा सौर्य बक्ति जडान भइसक्ने छ । सौर्य बक्ति जडानका लागि स्थानीय विकास मन्त्रालयले ६५ प्रतिशत अनुदान दिएको छ भने त्यसमा तुलसीपुर नगरपालिकाको २० प्रतिशत लगानी र उपभोक्ताहरुको १५ प्रतिशत लागत सहभागिता रहेको छ ।

सौर्य सडक वत्ति जडान कार्य तुलसीपुरको ‘क’ लाईनका ३ टोलमा ३० वटा वल्व , ‘ख’ लाईनको आर्दश टोलमा ६ वटा वल्व ‘ग’लाईनमा ८ वटा वल्व , ‘ङ’ लाईनको प्रतिभा टोलमा १० वटा वल्व ,वसपार्कको न्युरोडमा १० वटा वल्व र हात्तिखौवा देखि सिप विकास कार्यालय जाने सडकमा १४ वटा वल्व ,वरुवागाउँमा १४ वटा सौर्यवत्ति जडान गरिने ईञ्जिनियर योगीले बताए ।

एउटा सौर्य बक्ति जडानका लागि एक लाखको स्टिमेट भएपनि ८०देखि ८५ हजारमा काम पुरा भईरहेको कार्यकारी अधिकृत केसीले बताए । तुलसीपुर बजार क्षेत्रमा एभरेष्ट सोलार कम्पन्नी काठमाण्डौंले सौर्य वत्ति जडानको जिम्मा पाएको छ ।

झण्डै ७० लाख लगानीमा नगर क्षेत्रका बिभिन्न स्थानमा सौर्य वत्ति जडान कार्य पुरा हुने नगरपालिकाका कार्यकारी अधिकृत केसीले बताए । सौर्य बत्ति जडान भएसंगै अब लोड्सेड्ङिको समयमा पनि बजार झकिझकाउ बन्ने कार्यकारी अधिकृत केसीले बताए । उनले यसले बजारको सुरक्षा व्यवस्थामा सुधार हुनुका साथै चोरी जन्य घटना र अपराधिक घटनामा कमि आउने आशा व्यक्त गरे ।

तुलसीपुर बजारमा सौर्य सडक बत्ति जडान भएसंगै बिद्युत प्राधिकरणले भार कम हुने छ । विद्युत खपत कम हुने छ । त्यसले गर्दा लो भोल्टेजको समस्या केही हत सम्म कम हुने अपेक्षा विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख टंकराज गिरीले आशा व्यक्त गरे । -तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger