|
|
यी मध्ये घोराही र सोनापुरले आफ्नो उत्पादन शुरु गरिसकेका छन् भने अन्य उद्योग निर्माण हुने प्रक्रयामा छन् । यी उद्योगहरुमा न्यूनतम एक अर्बदेखि १० अर्बसम्म लगानी भएको छ ।
उद्योग मन्त्रालयमा पेस भएको विवरणअनुसार दाङका सिमेन्ट उद्योगमा करीव ४१ अर्ब लगानी भएको छ । गोग्लीस्थित घोराही सिमेन्ट उद्योग र दुधसारस्थित सोनापुर सिमेन्ट उद्योगले विगत दुई वर्षदेखि आफ्नो उत्पादन बजारमा ल्याइसकेका छन् भने देउखुरीमा निर्माण हुन लागेको सम्राट सिमेन्ट उद्योगले अबको केही महिनामा उत्पादन बजारमा ल्याउने तयारी गर्दैछ ।
त्यसैगरी दाङलाई आधार बनाएको तर पूर्वाधार अर्घाखाँचीमा स्थापना भएको शुुभश्री अग्नी सिमेन्टले पनि आफ्नो उत्पादन बजारमा ल्याउने तयारीमै छ । दाङ र सोल्पालाई आधार बनाएर स्थापना भएको रोल्पा सिमेन्ट उद्योग विद्युतको समस्याका कारण आफ्नो उत्पादन बजारमा ल्याउन सकेको छैन भने दाङ सिमेन्ट उद्योग, अरनिको आबुुखैरेनी सिमेन्ट उद्योग भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।
उत्पादन शुरु गरिसकेका उद्योगहरूले पनि उत्पादन क्षमतालाई समेत बढाउँदै लागेका छन् । करीव ४ अर्ब रुपैयाँ लगानीबाट सुरु गरेको सोनापुर सिमेन्टले लगानी बढाएर अहिले १० अर्ब पु¥याएको छ । दैनिक ८ सय बोरा सिमेन्ट उत्पादन गर्ने उक्त उद्योगले उत्पादन क्षमता बढाएर २० हजार बोरा पु¥याएको छ ।
क्लिङकर उत्पादन पनि दोब्बर गरेको उद्योगले जनाएको छ । ६ अर्ब रुपैयाँ लगानी गरी उत्पादन सुरु गरेको घोराही सिमेन्ट उद्योगले पनि लगानी र उत्पादन बढाएको वताएको छ । इन्द्रेणी अनलाइनबाट
Post a Comment