Headlines News :
Home » » दाङका ७२ वर्षिय वृद्धले २ किलोमिटर बाटो किन खने ?

दाङका ७२ वर्षिय वृद्धले २ किलोमिटर बाटो किन खने ?

Written By Unknown on Wednesday, October 19, 2016 | 1:33 AM


ओपेन्द्र बस्नेत/कात्तिक ३, दाङ । तुलसीपुरमा एक वृद्धले आफनै श्रम र पसीना बगाएर झण्डै दुइकीलो मिटर बाटो निर्माण गरेको छन् ।

तुलसीपुर नगरपालीका १ को विकट मानिने खमारी स्थित  परेखोलामा बस्दै आएका ७२ बर्षका चन्द्रविर वलीले एक बर्ष लगाएर बाटो खनेका हुन् । श्रीमति सहित दृष्टिविहिन ६ सन्तानलाई  सडकबाट घरमा र घरबाट  गाउँ जान–आउन सहजहोस भन्ने उद्देश्यले बाटो खनेको उनले  बताए ।

राप्ती राजमार्ग अन्र्गत दाङ–सल्यान सडक खण्डको साततले देखि परेखोला हुदै खमारीको गाउँको तल्लो भेग सम्म वलीले आफै खनेर एक मिटर चौडाइ र करिब २ कीलोमिटर लम्बाइ रहेको बाटो पु¥याएका छन् । 

‘बुढो भइगो अब कति बाँचिएलार हुजुर ! म मरे पनि मेरा अन्धाअन्धी श्रीमति र छोराहरु, मैले खनेको बाटो छामेर गाउँ र तल बाटो सम्म  जानआउन सकुन भनेर बाटो खनेको हँु’ वलीले भने । विहानीको मिरमिरे उज्यालो भए देखि साँझ झुसमुस नहुदा सम्म उनि अन्कन्टार जंगलमा बाटो खनिरहन्छन् ।

बाटो खन्न सुरु गरेको एक बर्ष वितिसक्दा समेत न उनलाई गाउँलले सघाए न राज्यले । यद्यपी एकजना स्थानिय जंगबहादुर वलीले मात्र करिब एक महिना सम्म संगै बाटो खनेर सहयोग पु¥याएको उनले बताए  । यहाँ सम्मकी उनले राज्यले बाटोका लागि पैसा छुट्टयाउछ भन्ने कुरा पनि थाहा नभएको बताए ।

नयाँ खनेको बाटोबाट मोटरबाटो भेटाउन, पुरानो बाटोको तुलनामा अहिले करिब ९ किलोमिटर कम दुरी पर्ने उनको दाबी छ ।  ‘यस अघि बाटो नहुदा परेखोलाबाट खमारीको गाउँ उक्लेर मोटरबाटो भेटाउन हर्नेटी जाँदा उत्तिकै धौ र पैसा पनि बढी खर्च हुन्थ्यो अब सजीलो भयो’ वलीले भने ।

आर्थिक रुपले निकै कम्जोर दृष्टिविहिन परिवारले वेलामौकामा विभिन्न व्यक्तिले दिनेको गरेको सहयोगले भोको पेट भर्दै आएका छन् ।  वलीका  दृष्टिविहिन छोराहरु केहि समय यता सहरबजारका विभिन्न सडकमा गित गाएर संकलन भएको आर्थिकले जिवन धान्दै आएका छन् ।

यता गोरेटो बाटो समेत नभएको ठाउँमा सजीलै हिड्न सक्ने बाटो बनाए पछि त्यहाँका स्थानियहरु अहिले खुशी भएका छन् ।  करिब ३५ घरधुरीको संख्यामा रहेका त्यहाँका स्थानियहरु अहिले सशहर बजारा  सामान किनमेल गर्न जाँदा त्यहिबाटो भएर आउनेजाने गरेको रायपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कलीभान रोकाले जानकारी दिए । ‘

इन्जीनियरले नक्साङकन गरेको बाटो भन्दा उसले निर्माण गरेबो बाटो कम छैन’ अध्यक्ष रोकाले भने ।  तर पनि बुढो मान्छेले एक बर्ष सम्म श्रम र पसीना बगाएर बाटो खन्दा समेत कसैले वास्ता नगरेको उनले गुनासो गरे ।  दाङखबरबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger