Headlines News :
Home » » दाङमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

दाङमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु

Written By Unknown on Sunday, November 27, 2016 | 8:39 AM


मङ्सिर १२, दाङ । दाङमा आज सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ ।


दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु२च ८१७ नंको ट्याक्टर र सोही दिशाबाट आउँदै गरेको रा३प १२६८ नंको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ट्याक्टरले ठक्कर दिएको हो वा कसरी दुर्घटना भएको भन्ने यकिन हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टाउकामा गम्भीर चोट लागेकी केसीको उपचारका क्रममा मृत्यु भएको हो ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger