Headlines News :
Home » » नेपाल टेलिकमले थप्यो पोष्टपेड मोबाइलमा यस्ता सुबिधा

नेपाल टेलिकमले थप्यो पोष्टपेड मोबाइलमा यस्ता सुबिधा

Written By Unknown on Saturday, November 19, 2016 | 11:46 PM


मंसिर ५, काठमाडौं । नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाग्राहीहरुलाई थप सेवामा ल्याउन नयाँ सिस्टम अपग्रेड गरेको छ ।


पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा लगेपछी अब ग्राहकहरुलाई यो सेवामा थप सुबिधा पाउने भएका छन् । सनिबारदेखि टेलिकमले वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए र वाइम्याक्स सेवाको बिलिङलाई एउटै सिस्टममा हालेपछी त्यसको नेपाल टेलिकमका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुनेछ ।

नेपाल टेलिकमको यस अघिको सेवा निकै झन्जटिलो थियो पोष्टपेड प्रयोगकर्ताहरुको ब्यालेन्स कतिखेर सकिएको, कति ब्यालेन्स छ भन्ने जस्ता सूचनाहरु पाउन सहज थिएन । अब भने नयाँ सिस्टम जडानपछि पोष्टपेड सेवाग्राहीहरुले बिल भुक्तानीको सुचना तथा आवश्यक जानकारीहरु सहज रुपमा हेर्न सकिने भएको छ ।

बिशेष गरि पोष्पेडका ग्राहकको मोबइलमा अन्तिम कल कष्ट अर्थात अन्तिम पटक गरेको कलको लागत आउने सिस्टम सुरु गरिनेछ । यो सिस्टम पछी ग्राहकले आफ्नो ब्यालेन्स कति छ भन्ने सुचना पाउने, ब्यालेन्स सकिन लागेको जानकारी दिने र समयमै रिचार्ज गर्न पूर्व सूचना दिनेछ ।

पोस्टपेडमा ल्याईएको यो सेवा अव केहि समयमै पिएसटीएन र एडीएसएललाई समेत नयाँ सिस्टममा राखेपछि यो सिस्टम सुरु हुने टेलिकमले जनाएको छ ।
यो सिस्टमले पोस्टपेड ग्राहकहरुलाई सहजता सँगै अप्रत्यासित बिलिङ गर्न खोज्नेहरुलाई पनि नियन्त्रणमा लिन सकिन्छ । टेलिकमले नयाँ सिस्टम हालेको भएपनि यसबारे खुलेर सूचना दिएको छैन ।

त्यसको मतलब टेलिकम आफ्नो सेवालाई ग्राहकसामु ल्याउनको लागि अझै केहि समय गृहकार्य गर्नमा तल्लिन छ । अब ल्याइएको नयाँ सिस्टमको आधारमा टेलिकमले आफ्नो पोष्टपेड प्रयोगकर्ताहरुलाई छिट्टै नयाँ सुविधाहरु घोषणा गर्ने तयारी गरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger