Headlines News :
Home » » तुलसीपुर नयाँ बसपार्कबाट हराएको गहना सहितको झोला दिनेलाई एकलाख पुरस्कार दिने घोषणा

तुलसीपुर नयाँ बसपार्कबाट हराएको गहना सहितको झोला दिनेलाई एकलाख पुरस्कार दिने घोषणा

Written By Unknown on Tuesday, December 20, 2016 | 5:29 AM


पूस ५, तुलसीपुर । एकजना महिलाको चार तोला जति सुनका गरगहना सहितको हातेव्याग हराएको छ ।
दाङको मानपुर गाविस मज्गै स्थित माईती घर बाट बाँकेको नेपालगञ्ज स्थित घर जान लागेको सयममा सृजना केसीको सोमवार विहान ९ बजेतिर झोला सहित गरगहना हराएपछि उनले उक्त झोला र सुन फिर्तागर्ने व्यक्तिलाई एकलाख पुरस्कार दिने घोषणा गरेकी छिन् ।

पत्रकारलाई सम्पर्क गरि उनले त्यस्तो प्रतिवद्धता जनाएकी हुन । केसीका अनुसार सोमवार विहान उनी राप्ती अञ्चल सार्वजनिक वस व्यवासयी समितिको ८१६ नम्वरको वसमा यात्रारत रहँदा झोला सहित झन्डै चार तोला जतिको सुनका गरगहना र चादीको पाउजु समेत हराएको थियो । उनले तुलसीपुरको वसपार्कमा वसमै झोला छोडेर टिकेट काटेर फर्किने समयमा आफ्नो व्याग चोरी भएको बताएकी छन् ।

केसीले झोला र सुन फिर्ता गर्ने व्यक्तिले ९८२२४५७८२० नम्वरको आफनो मोवाईल नम्वर वा तुलसीपुर निवासी दाजु विष्णु भण्डारीको ९८०९८४१५८१ नम्वरमा सम्पर्क गर्ने व्यक्तिलाई नगद एकलाख रुँपैया प्रदान गर्ने प्रतिवद्धता जनाएकी छन् ।

केसीका अनुसार उनी माईतमा आफन्तको विवाहमा आएकी थिइन । र फर्कदै गर्दा झोलामा राखेको एक तोलाको एक थान मंगलसुत्र , बाला दुई थान तोलाको, औंठी दूईथान ६ आनाको, टप एक जोडि ५ आनाको , छड्के तिरहरी १ थान १२ आनाको जन्तर १ थान ४ आनाको र एक जोडि पायल सहितको झोला हराएको जानकारी दिएकी हुन । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger