Headlines News :
Home » » '४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई'

'४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई'

Written By Unknown on Monday, December 5, 2016 | 5:30 AM


एजेन्सीको सहयोगमा | गत बर्ष मानव तस्करहरुसँग फसेकी एक २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो ।
उनले ४ बर्षसम्म हरेक दिन ३० जना पुरुषबाट बलात्कृत हुनुपर्यो ।

२४ बर्षकी मेक्सिकन युवति कार्लालाई २००८ मा एक एन्टी-ट्राफिकिंग अपरेशनमा प्रस्टिट्यूशनबाट निकालिएको थियो । केहि समयपछी उनले आफुमाथि भएको दर्दनाक स्थितिको खुलाशा गर्दै भनिन् - ''४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई ।'

एउटा टेलीभिजनलाई आफ्नो नारकीय स्थितिको बिषयमा बोल्दै कार्लाले भनेकी थिइन् कि '१२ देखि १६ बर्षको उमेरमा म ४३ हजार पटक बलात्कृत बनें । यति मात्र नभई मलाई दैनिक कम्तिमा ३० पुरुषसँग सुत्नुपर्थ्यो' ।
यस्तो अवस्थामा उनि जब रुन्थिन तब उनलाई प्रयोग गर्नेहरु हास्ने गर्थे । कार्लाको अनुसार १२ वर्षमै उनि आफ्नो परिवारकै कारण पहिलो पटक बलात्कारको सिकार बनिन्, त्यसपछी उनको जिन्दगि नर्कमा धकेलियो । कार्लाको अनुसार मेक्सिकोमा हरेक बर्ष २० हजार महिला मानव तस्करको फन्दामा पर्ने गर्छन । -साझासबालबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger