Headlines News :
Home » » दाङको विजौरीमा कारको ठक्करवाट महिलाको मृत्यु, ट्रिप्परको ठक्करवाट अर्की महिला गम्भिर घाइते

दाङको विजौरीमा कारको ठक्करवाट महिलाको मृत्यु, ट्रिप्परको ठक्करवाट अर्की महिला गम्भिर घाइते

Written By Unknown on Sunday, December 4, 2016 | 4:54 AM


मङ्सिर १९, दाङ । दाङको विजौरी निवासी एक जना महिलाको कारको ठक्करवाट मृत्यु भएको छ ।
आइतवार विहान सवा ११ वजेतिर तुलसीपुरवाट घोराही तर्फ जाँदै गरेको कारको ठक्करवाट विजौरी ४ हेमन्तपुर निवासी ७३ बर्षीया सितला वलीको मृत्यु भएको ईलाका पैहरी कार्यालय तुलसीपुरका प्रवक्ता खुमानन्द पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार गम्भिर घाईते वलीको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।

तुलसीपुरवाट घोराही जाँदै गरेको एउटा कारले ठक्कर दिएको भनिएपनि हालसम्म ठक्कर दिने कारको पहिचान गर्न नसकिएको र खोजि कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । तर प्रहरीलाई उक्त कार वा १५ च ८५०४ नम्वरको भएको भन्ने सूचना प्राप्त भएको र त्यसको खोजि तिव्र पारिएको प्रवक्ता पाण्डेले बताए ।

त्यस्तै तुलसीपुर घोराही सडक खण्डको कपासी बगीया भन्ने स्थानमा आइतवार दिउँसो साढे २ बजेतिर रा १ क १४३ नम्वरको ट्रिप्परले ठक्कर दिँदा अर्की एक जना बृद्धा गम्भिर घाईते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार उक्त ट्रिप्परको ठक्करवाट घोराही १० निवासी ८० बर्षीया समि रोका गम्भिर घाईते भएकी छन् ।

घाईते रोकालाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिप्परका चालक फरार रहेपनि ट्रिप्पर भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । -तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger