|
|
पुस ७, लन्डन । लन्डनमा व्यापक खोजी गरिएका कुख्यात लुटेराहरुको सूचीमा नेपाली पनि परेका छन् ।
स्कटल्यान्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराको सूचीमा २६ वर्षीय सुमन श्रेष्ठ परेका छन् ।
बेलायती अखबार गार्जियनले जनाएअनुसार सुमनले लन्डन हस्लोमा तीनपटक लुटपाट गरेको र सन् २०१० सेप्टेम्बरदेखि नोभेम्बरभित्र दुईपटक लुटपाट प्रयास गरेको आरोपमा उनको खोजी भइरहेको छ । -कान्तिपुर दैनिक
Post a Comment