|
|
पुस ७, काठमाडौ । सरकारले यस वर्षदेखि एसएसलीमा सहभागी विद्यार्थीको मूल्यांकन लेटर ग्रेडिङबाट गर्ने भनी गरेको निर्णयले विद्यालय तहमा अन्योल देखिको छ ।
विद्यार्थीसँग नजिक रहने शिक्षकले समेत यो प्रणलीका बारेमा जानकार छैनन् । लेटर ग्रेडिङबाट कसरी क्षमता मूल्यांकन गर्ने भन्ने बुझाउन नसक्दा विद्यार्थीले पनि पढ्न छोडेको सरोकारवालाहरुले बताएका छन् ।
ग्रेडिङ गर्दा समूह डी र ईमा पर्नेले समेत माथिल्लो कक्षामा अध्ययन गर्न पाउने भन्दै विद्यार्थीले मेहेनत गर्नै छाडेको शिक्षक बताउँछन्। छोराछोरीले पढ्न छाडेपछि अभिभावक पनि यो पद्धतिका बारेमा बुझ्न विद्यालय धाउन थालेका छन् ।
ललितपुरको आदर्श सौल युवक उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले विद्यार्थी र अभिभावकसँग नजिक रहने शिक्षक नै लेटर ग्रेडिङको बारेमा अनभिज्ञ हरेको वताए ।
परीक्षामा फेल पास नहुने भएपछि अभिभावकले यो प्रणालीको बारेमा चासो दिन थालेको उनले वताए । -कान्तिपुर दैनिक
Post a Comment