Headlines News :
Home » » दाङमा ग्यास कालोबजारीको आरोपमा पक्राउ परेका कार्कीलाई प्रजिअले यसरि छोडे

दाङमा ग्यास कालोबजारीको आरोपमा पक्राउ परेका कार्कीलाई प्रजिअले यसरि छोडे

Written By Unknown on Friday, December 18, 2015 | 6:00 AM


 पुस ३, घोराही । ग्यास कालोबजारी गरेको आरेपमा पक्राउ परेका दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य नरेश तारेखमा छुटेका छन् । 

प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले दाङ आउनासाथ छानबिन प्रक्रिया अगाडि बढाउने भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक भरत बुढाथोकीले कार्कीलाई हिजो साँझ तारेखमा छोड्नुभएको हो ।

दाङ देउखुरी ग्यास बिक्रेता संघका अध्यक्ष समेत रहनुभएका कार्कीले सरकारी मूल्यभन्दा बढि रकम लिई भेरी ग्यास बिक्री गरेको जनगुनासो आएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । 

भेरी ग्यास बिक्री गर्दै आएका उहाँलाई सेना व्यारेक नजिकै रहेको आफ्नो ग्यास पसलमा ग्यास कालोबजारी गरी महङ्गो मूल्यमा उपभोक्तालाई बिक्रि गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रण लिइएको थियो । 

वडाप्रहरी प्रमुख इन्सपेक्टर प्रकाश सापकोटाले कार्कीले ८ सय रुपैयाँ पर्ने आधा सिलिन्डरको ग्यास ८ सय ३० रुपैयाँ बिक्री गरेको जनगुनासो आएपछि उहाँलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

वडाप्रहरी प्रमुख सापकोटाका अनुसार कार्कीले टोकनका नाममा प्रतिग्राहक ३० रुपैयाँ असुल्दै आएको र टोकन हराएको खण्डमा थप ५ सय रुपैयाँ लिदै आएकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

केहि समय पक्राउ परि तारिखमा छुटेका कार्कीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । गोप्य सुचनाका आधारमा उहाँलाई पक्राउ गरेलगत्तै वडाप्रहरी प्रमुख सापकोटाले जिल्ला प्रहरी प्रमुख कुवेर कडायतलाई जानकारी गराउनुभएको थियो ।

जिल्ला प्रहरी प्रमुख कडायतले कार्कीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन र बिहीबार नै उहाँलाई जिल्ला प्रशासन कार्यालयमा पठाउन वडा प्रहरी प्रमुख सापकोटालाई निर्देशन दिनुभएको थियो ।

कालोवजारी मुद्धा अदालतमा पेश हुने संकेत
निमित्त प्रमुख जिल्ला अधिकारी बुढाथोकीले कालोबजारीमा संलग्न कार्कीलाई ढाकछोप नगरी कानुन बमोजिम कारबाही गर्न तयार रहेको र प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले दाङ आउनासाथ उहाँलाई पेश गरिने जानकारी दिनुभयो । 

एकवर्षभन्दा बढी कारबाही हुने मुद्धामा प्रशासनले हेर्न नमिल्ने र सो मुद्धा अदालतले हेर्ने गृहमन्त्रालयको पछिल्लो परिपत्रमा उल्लेख गरिएको बताउँदै बुढाथोकीले मन्त्रालयको परिपत्र अनुसार प्रहरीले कार्कीमाथि थप अनुसन्धान गरी सो मुद्धा अदालतमा पेश गर्नसक्ने कानुनी व्यवस्था रहेको सुझाउनु भयो ।

यसअघि दाङ देउखुरी ग्यास बिक्रेता संघका अध्यक्ष कार्कीले आफैले नै विज्ञप्ति जारी गरी ग्यासमा कालोबजारी नगर्न जिल्लाभरका सम्पूर्ण ग्यास व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । 

उहाँले विज्ञप्तिमार्फत् असहज परिस्थितिको फाइदा उठाउने मनसायले केहि व्यक्ति तथा गुटहरु सक्रिय हुन गई बजारमा खाना पकाउने ग्यासको अनियमितता हुन आएको र बढि मूल्यमा बिक्री भएको भन्ने जनगुनासो आएको हुँदा संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले निर्धारण गरेको मूल्य भन्दा एकरुपैया पनि बढि नलिई नबेच्नसमेत अनुरोध गर्नुभएको थियो ।

साथै उहाँद्वारा जरी विज्ञप्तिमा प्रशासनको लिखित निर्देशन विना प्रशासनको नाममा अनावश्यकरुपले उपभोक्तालाई बिक्री नगरी गोदाममा स्टक नगर्न पनि भनिएको थियो । 

आफैले विज्ञप्तिमार्फत गरेको अपिललाई ठाडो चुनौति दिँदै उहाँले ग्यासको चरम कालोबजारी गर्दै भेरी ग्यास बढि मूल्यमा बिक्री गर्दै आउनुभएको थियो । वडाप्रहरी प्रमुख सापकोटाले ग्यासको कालोबजारी गर्नेका निगरानी बढाइरहेको र यसमा सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नु भएको छ ।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन अनुसार जिल्ला प्रशासन कार्यालयले छानबिन गर्ने प्रावधान अनुसार कार्कीलाई जिप्रका पठाइएको र तारिखमा छुटेका उहाँमाथि अनुसन्धान जारी राखिएको सापकोटाले बताउनुभयो । 

यता, तारीखमा छुट्नुभएका कार्कीमाथि जिल्ला प्रशासन कार्यालय दाङले छानबिन कार्य अगाडि तिब्ररुपमा अघि बढाइएको बताएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी बुढाथोकीले छानबिन प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

 बुढाथोकीले प्रशासनले कार्कीसँग बयान लिने लगायतका आवश्यक प्रक्रियाहरु सबै पु¥याइने र छानबिन गर्दा कालोबजारीको ठहर भएमा कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।

के छ कालोबजारी ऐनमा ?
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा कालोबजारी गरेको ठहर भएमा बिगो बमोजिम वा पच्चिस हजार रुपैयाँसम्म जुन बढी हुन्छ, सो हदसम्म जरिवाना हुनेछ भनिएको छ । तर, कसूरदारको वा कसूर गरेको अवस्थासँग नसुहाउने गरी अत्यधिक जरिवाना तोक्न नहुने पनि ऐनमा उल्लेख गरिएको छ  ।

त्यस्तै जरिवानाको सजाय तोक्दा जरिवाना नतिरेमा सो नतिरे वाफत कति समयका लागि कैद हुने हो भन्ने कुरा पनि मुद्दा हेर्ने अधिकारीले आफ्नो निर्णयमा तोक्नुपर्ने उल्लेख गरिएको छ  ।  

त्यस्तै जुन कसूर गरेवाफत जरिवानाको सजाय भएको छ सो कसूरमा कैदको सजाय समेत हुने रहेछ भने उपदफा (२) अन्तर्गत जरिवाना नतिरेवाफत पाँच वर्षभन्दा बढी अवधिका लागि कैद तोक्नु हुँदैन भनिएको छ । dangkhabarबाट साभार 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger