Headlines News :
Home » » भूकम्पपीडितलाई आएको राहतको चामल बेच्दै सरकार

भूकम्पपीडितलाई आएको राहतको चामल बेच्दै सरकार

Written By Unknown on Thursday, December 17, 2015 | 7:42 PM



३ पुस, काठमाडौं । पुसको कठ्यांग्रिँदो चिसोमा खानासमेत नपाएर भूकम्पपीडित बिचल्लीमा परेका बेला सरकार भने उनीहरूकै लागि आएको राहतको चामल बेच्न लागेको छ । बंगलादेश सरकारले भूकम्पपीडितका लागि राहत स्वरूप पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल खाद्य संस्थानले बिक्री गर्न लागेको हो ।

गत जेठमा नेपाल आएर खाद्य संस्थानको विभिन्न गोदाममा थन्किएको सो चामल अहिले आएर बेच्ने तयारी अघि बढाइएको छ । बंलगादेशले पठाएको राहतको चामल संस्थानको थापाथली, लहान र बिर्तामोड गोदाममा विगत आठ महिनादेखि थन्काएर राखिएको छ । खाद्य संस्थानका प्रवक्ता एवं वितरण विभाग प्रमुख श्रीमणिराज खनालले राहतमा आएको चामलका लागि स्थानीय प्रशासनबाट माग नै नआएकाले बेच्न लागिएको जानकारी दिए ।

‘बंगलादेश सरकारले गत जेठमा पठाएको ७८ हजार क्विन्टल चामल कतैबाट माग नआएकाले गोदाममै राखिएको छ,’ खनालले भने, ‘लामो समयसम्म राख्दा बिग्रने र गुणस्तरमा ह्रास आउन सक्ने भएकाले मन्त्रालयको निर्देशनमा बेच्न लागेका छौं ।’ भूकम्प प्रभावित जिल्लाबाट खाद्यान्नको माग नआएकाले बेच्न लागिएको उनको भनाइ रहेको राजधानीमा खबर छ ।

संस्थानले स्थानीय प्रशासनबाट खाद्यान्नको माग नआएर भूकम्पपीडितका लागि आएको चामल बेच्न परिरहेको बताइरहेका बेला भूकम्प प्रभावित जिल्ला रसुवाका स्थानीयवासीले भने राज्यबाट पर्याप्त राहत नआएको गुनासो गरेका छन् । राम्चे–७ का दावा मेन्द्रो तामाङले भूकम्पले घरबारविहीन भई छाप्रोमा बसिरहेका बेला राज्यबाट १५ हजार रुपैयाँबाहेक अन्य राहत प्राप्त गर्न नसकेको बताए ।

‘खानेकुरा नभएर छाक टार्नसमेत मुस्किल पर्न थालिसक्यो, खोइ सरकार आएकै छैन,’ उनले भने, ‘घर भत्किएरपछि छाप्रोमा बास त छ तर गाँसको टुंगो छैन ।’ राम्चे–९ की विनीता घलेले पनि विभिन्न संघ/संस्थाले दिएको खाद्यन्न सकिसकेकाले भोकभोकै बस्नुपर्ने अवस्था आएको बताइन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger