|
|
पुस ३ काठमाडौँ । गत बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको विनासकारी भूकम्पले नेपलामा केही साना–ठूला पहिरासँगै हिउँ तालहरुमा बाढी जाने गरेको एक अध्ययनले देखाएको छ । मध्ययूगतिर गएको भूकम्पले नेपालको प्रकृतिमा ठूलो परिवर्तन ल्याएको नासाका अधिकारीले खुलासा गरेका छन् ।
नासा र अन्य तीन विश्वविद्यालयका वैज्ञानिकहरुले क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा एक समाचार सम्मेलनमार्फत नेपालमा आएको भूकम्पले पहाडी तथा हिमाली भू–भागमा र बसोबास गर्ने प्राणीमा कस्तो प्रभाव पार्छ ? भन्ने बारे एक प्रतिवेदन जारी गरेका हुन् । नेपालमा शक्तिशाली भूकम्पपछि हिमाली र पहाडी भू–भागमा केही साना ठूला गरी असंख्य बाढी र पहिरो गएका छन्, जसको कारण अहिलेसम्म अध्ययन नगरिएको र पत्ता नलागेको उनीहरुले बताएका छन् ।
एरिजोना विश्वविद्यालय, टकसनमका जलस्रोत तथा जलविज्ञान विभागका वैज्ञानिक जेफ्रे कारगेलको अगुवाइमा एक अन्तर्राष्ट्रिय वैज्ञानिक समूहले नेपालमा गत २५ अप्रिल, २०१५मा गोर्खालाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पबारे अध्ययन गरेको थियो ।
भूकम्पपछि कहाँ र कुन भागमा कसरी पहिरो गएको गयो ? बिशेषगरी मानिसको बासस्थानभन्दा केही टाढाँका दुर्गम पहाडी तथा हिमाली क्षेत्रको बिशेष अध्ययन सम्पन्न गरेको थियो ।
अध्ययनमा पहिरो जानुको नसोचिएको कारण पत्ता लागेको वैज्ञानिहरुले बताएका छन् । बर्षाका कारण जाने पहिरो र भूकम्पका कारण जाने पहिरोकाबीच फरक छ्ट्याउन अध्ययनकर्ताहरुले आफ्नो अध्ययनको अवधि भूकम्प र बर्षा क्रतु, जुन महिनासम्म सिमित गरेका थिए । अध्ययन समूहले १० भन्दा बढी सेटलाइटबाट खिचिएका तस्वीरहरुको प्रयोग गरेका छन् ।
अध्ययनअनुसार, बैशाख १२ गतेको भूकम्पपछि ६ हप्ताको अवधिमा आएका ठूला पराकम्पनले पहाडी क्षेत्रमा ४ हजार ३ सय १२ वटा पहिरो गएको पायो भने, हिमाली भेगमा ४ सय ९१ हिमताल अध्ययन गरेकोमध्ये ९ वटा हिमतालमा हिउँ पहिरोको प्रभाव देखियो । यद्यपी, स्याटालाइटबाट झिकिएका तस्विरहरुमा पहिरोका कारण ती हिमतालबाट बाढी नै गएको भने देखिएन ।
बर्षाका कारण जाने पहिरो भिर वा उठेको भू–भाग तल खस्ने वा दब्बिने गर्दछ, तर अध्ययनको अवधिमा देखिएका पहिराका बिबरण बर्षाका कारण नभएको बताइएको छ ।
वैज्ञानिकहरुले स्याटालाइटमा एकीकृत प्रमाणहरु हेर्दा माथि उठेको भू–भागमा पहिरो नगएर समतल भू–भाग पहिरो जानु एक अप्रत्यासित वा आशा नगरिएको पहिरो जाने कारण हो, जुन यसअघि नदेखिएको बताएका छन् ।
वैज्ञानिक जेफ्रे भन्छन्, ‘सबै खाले भू–भाग परिवर्तनको प्रक्रिया माटो बग्ने अथाव पहिरो नै हो । तर, नेपालको गोर्खा केन्द्रीत भूकम्पको अध्ययनले विश्वमा पहिरोप्रतिको हाम्रो बुझाई थप बढाएको छ ।’ kathmandutodayबाट साभार
Post a Comment