|
|
पुस ७, काठमाडौँ । सहमितका लागि सरकाले तीनबुँदे प्रस्ताव अगाडि सारे पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छलफल र वार्तालाई तीव्रता दिएको छ ।
मोर्चाका नेताहरुले सोमबार नेपालका लागि भारतीय राजदूत रञ्जित रे र नेपाली कांग्रेससँग छलफल गर्नुको साथै सरकारसँग समेत आकस्मिक रुपमा वार्ता गरेका छन् । १८ पटकसम्म सरकार र मधेसी मोर्चाबीच वार्ता भएको छ । वार्ताका लागि मोर्चाले मधेसीमै आउनु पर्ने घोषणा गरेलगत्तै मोर्चाले राजनीतिक भेटघाट तीव्र बनाएको हो ।
मधेसी मोर्चाका शीर्ष नेताहरुले नेपालका लागि भारतीय राजदूत रञ्जित रेसँग छलफल गरेका छन् । छलफलका लागि मधेसी मोर्चाका शीर्षै नेताहरु लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । -समाचारपत्र दैनिक
Post a Comment