Headlines News :
Home » » भैरहवा नाकाबाट एकैदिन साढे चार सय मालवाहक भित्रिए

भैरहवा नाकाबाट एकैदिन साढे चार सय मालवाहक भित्रिए

Written By Unknown on Monday, December 21, 2015 | 6:21 AM


पुस ६, भैरहवा । भैरहवा नाकाबाट सोमबार दिनभर साढे चार सय भन्दा बढी मालवाहक गाडी नेपाल भित्रिएका छन् । 

भारतका सीमावर्ती अधिकारीहरुले मधेसी मोर्चाका कार्यकर्तालाई आफ्नो भूमि र दसगजामा धर्ना र नाकाबन्दी गर्र्न नदिएपछि सुनौली नाकाबाट सोमबार दिउँसो इन्धनसहित करिब पौने पाँचसय गाडी नेपाल भित्रिएका हुन् ।

नेपाली संसदमा संविधान संशोधन विधेयक दर्ताभएसँगै सीमावर्ती भारतीय अधिकारीहरुले नाकामा रोकिएका मालवाहक ट्रक, इन्धन ट्यांकर र ग्यास बुलेटहरु सोमबारदेखि शीघ्ररुपमा पठाउन थालेका हुन् । 

सोमबार दिनभरीमा ५ वटा डिजेल ट्यांकर, ट्रक २०८ वटा मालवाहक, २१४ वटा अन्य, ३२ वटा बस र १७ वटा पिकअप गाडीसहित ४६६ वटा सवारी साधन नेपाल भित्रिएको बेलहिया नाकाका प्रहरीले जनाएको छ । 

निर्वाधरुपमा गाडी चल्न पाएमा रातिसम्म एकहजार गाडी नेपाल भित्रिने भन्सार किलिएरिङ प्रतिनिधी तथा सीमावर्ती सुरक्षाकर्मीले जानकारी दिए । 

संसदमा संविधान संशोधन विधेयक दर्ता भई छलफलको कार्यसूची सार्वजनिक भएको तथा संघीय प्रदेशको सीमांकन पनि तीन महिनामा टुंगाउने गरी वार्ता अघि बढेपछि भारतीय अधिकारीहरुले विनाअवरोध गाडी पठाउन थालेका हुन् । 

एक महिना अघिदेखि नाकामा रोकिएका गाडीहरुलाई भारतीय अधिकारीहरुले शीघ्ररुपमा नेपाल पठाउन थालेको बेलहिया नाकाका प्रहरी निरीक्षक अभयविक्रम शाहले बताए । नाका धेरै खुकुलो एवं सहज बनेकोमा उनले खुशी व्यक्त गरे । 

शनिवारसम्म सुनौली नाकाबाट कोटा सिस्टममा सयवटाको हाराहारीमा गाडीहरु नेपाल प्रवेश पाउँदै आएका थिए । आइतबार भने १० बुलेट ग्यास र २८७ वटा मालवाहक ट्रकसहित ३०५ वटा सवारी साधन नेपाल भित्रिएका थिए । 

सुनौलीका भारतीय प्रहरी चौकी ईन्चार्ज भरत यादवले गाडीहरुको जाम हटेको र लाईन सेटिङ मिलेकाले फटाफट धेरै गाडीहरु पास भएको बताए । 

संविधान संशोधन र मोर्चाको आन्दोलन नेपालीको आन्तरिक कुरा भएको हो । ‘त्यस विषयमा हाम्रो केहि कुरा छैन जसरीपनि नेपालमा शान्ति होस् ।’ उनले भने । ‘अहिले संशोधन दर्ता हुनु र अर्कोतर्फ धेरै गाडीहरु पास हुनु संयोग मात्रै हो ।’ 

सुनौली व्यापार मण्डलका सदस्य अनिल बनियाले महिनौदेखि दोकान छेकेका गाडीहरु फटाफट चलेकाले व्यापारीमा खुशी जागेको र पसलहरु पनि उज्यालो देखिन थालेको बताए । 

सामान्य अवस्थामा यस नाकाबाट दैनिक ५३ वटा इन्धन तथा ग्यासका वुलेटहरु, ६ सय मालवाहक ट्रक तथा अन्य र बससहित आठ सयजति सवारी साधनहरु प्रवेश गर्दथे । 

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भारतीय अधिकारीले आफूसँग कुरा भएअनुसार शिघ्ररुपमा गाडी पठाउन थालेकोमा खुशी व्यक्त गरे । 

यसैगरी सधैं निर्वाधरुपमा नाकाबाट सहजताका साथ मालवहाक गाडी र इन्धनका ट्यांकर तथा बुलेटहरु पठाइदिन सीमावर्ती अधिकारीसँग पुुनः आग्रह एवम् विश्वास व्यक्त गरेको प्रजिअ ढकालले बताए । कृष्णप्रसाद ढकाल, अन्नपुर्ण पोस्ट अनलाइनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger