|
|
दलसिंह गिरी/पुस ९, कालिकोट । हुम्लाको श्रीमष्ठा गाविस पर्ने दार्म सल्लीसल्ला सडक निर्माणमा खटिएका कालिकोट ४ जना कामदारको आगलागीमा परी ज्यान गुमेको छ भने ७ जना गम्भिर घाइते भएका छन् ।
हुल्ला जिल्ला श्रीमष्ठा गाविस वाडनं १ पिप्लाङ्ग गाउ नजिकै ग्रामिण पहुँच कार्याक्रम द्वारा निमार्ण भैरहेको खडक खण्डको काममा गएका उनीहरूको राती चुलामा बालेको आगोबाट उनीहरु बसेको छाप्रोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
राती खाना खाएर सुतिरहेको वेला चुलोमा बालेको आगोबाट कामदार बसेको छाप्रो जल्दा कालिकोट जिल्ला लालु गाविस ८ का ३५ वर्षिय जया मिजार, बर्ष २६ मान बहादुर विक, लालु गाविस वडानं ९ निवासी बर्ष २८ का गगन सुनार र सोहि गाविस वडानं ८ बर्ष ४० का नयाँ सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक ओम प्रकाश यादवले टेलिफेन मार्फत जानकारी दिनु भएको छ ।
आगोमा जलेर घाईते हुने ६ जनाको अहिले हेलिकोप्टर बाट उपचारको लागि नेपालगन्जामा लगिएको र मृत्यकको लास मृत्यका घरमै पठाउन प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।
आगोमा जलेर घाईते भएका कालिकोट जिल्ला लालु गाविसकै २५ बिर्षय जस बहादुर सुनार, २७ बर्षिय गोन्विद सुनार, २२ बर्षिय लोक बहादुर सुना, २८ बर्षिय गोविन्द बहादुर सुनार, र २४ बर्षिय रमेश सार्कि रहेको प्रमुख जिल्ला अधिकारी डा कृष्ण बहादुर घिमिरेले बताउनु भएको छ ।
ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत दार्मा सल्ली सल्ला सर्केगाढ सडक खण्ड रोड निमार्ण कार्यमा खटिएका कामदाहरुले खरको छाना बनाएर बास बसिरहेको वेला उक्त घटना घटेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
Post a Comment