|
|
रोल्पा जिल्लालाई खुला दिशा मुक्त र साक्षरता जिल्ला घोषणा कार्यक्रममा सहभागि हुन उनी रोल्पा जान लागेका हुन ।
प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित उपराष्ट्रपति पूनले रोल्पा जिल्लालाई २८ खुला दिशा मुक्त जिल्ला घोषणा गर्नेछन् ।
उपराष्ट्रपतिको स्वागतमा लिबाङ दुलही झैँ सिंगारिएको छ । ठाउँठाउँमा दर्जनौं स्वागत द्वार निर्माण गरिएका छन् । सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ ।
उपराष्ट्रपति पुन घोषणा कार्यक्रम लगत्तै आजै आफ्नो जन्मघर राङ्सी पुग्नेछन् । गाउँमा उनलाई स्वागत गर्न र सम्मानको भव्य तयारी भइरहेको छ ।
Post a Comment