Headlines News :
Home » » आजदेखि दाङबाट दाङ-काठमाण्डौ एसी बस सुरु

आजदेखि दाङबाट दाङ-काठमाण्डौ एसी बस सुरु

Written By Unknown on Wednesday, December 23, 2015 | 11:20 PM


दाङ, पुस ९ । दाङबासीको लामो प्रतिक्षापछि आजदेखि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले एसी डिलक्स बस सञ्चालनमा ल्याउन लागेको छ ।

समितिले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आजबाट दाङ–काठमाडौं रुटमा एसी तथा डिलक्स बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।

रात्री तथा दिवा सेवामा समितिले एसी गाडीहरु सञ्चालन गर्न लागेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । अध्यक्ष हमालले अब राप्ती समितिले यात्रुमैत्री वातावरण, यात्रुहरुलाई बाटोमा राम्रो खानाको व्यवस्थासहित आरामदायी र सुरक्षीत यात्रा गराउन हरबखत लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै अध्यक्ष हमालले ३० वर्षको अवधिमा समितिले भोग्दै आएका तमाम समस्या र सम्भावनालाई छनौट गर्दै समयानुसार राप्ती समितिले स्वच्छ व्यवसायिक प्रतिष्पर्धा गर्न तयार रहेको बताउनुभयो । तुलसीपुरको विरेन्द्र चौकमा बुकिङ काउण्टर स्थापना भएको जानकारी दिँदै हमालले अबको केही समयपछि राप्ती समितिको वेवसाइट तथा अनलाइन टिकट बुकिङको व्यवस्था गर्न लागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा समितिले सञ्चालन गरेका एसी तथा डिलक्स बसहरुको दाङ काठमाडाँैको भाडा ११४५ रहेको र ती गाडीका यात्रुहरुलाई शिवपुर र कुरिणटारमा खानाको व्यवस्था मिलाइएको समितिका उपाध्यक्ष पुष्कर धितालले जानकारी दिनुभयो ।

कार्यक्रममा तुलसीपुर टेक्सी तथा यातायात व्यवसायी समितिका कोषाध्यक्ष ललित घर्ती, दाङ जिल्ला टेक्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणि आचार्य, अम्विकेश्वरी यातायात समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेत, राप्ती अञ्चल संयुक्त ट्र«क समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैयालगायतको सहभागिता रहेको थियो ।

यसैबीच आजबाट सुरु हुन लागेको एसी डिलक्स बसमा अपांग सुधार संघका अध्यक्ष हुमकान्त कडेललाई सहुलियतको टिकट उपलब्ध गराइएको समितिका कार्यालय प्रमुख डा. लोकराज पराजुलीले जानकारी दिनुभयो ।dangkhabarबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger