Headlines News :
Home » » रुकुमबाट डिलक्सदेखि हाईस गाडीसम्म सञ्चालनमा

रुकुमबाट डिलक्सदेखि हाईस गाडीसम्म सञ्चालनमा

Written By Unknown on Thursday, December 31, 2015 | 8:44 PM


पुस, रुकुम / रुकुमबाट पनि आधुनिक सुबिधा भएका हिलक्स गाडिहरु सञ्चालनमा ल्याइएको छ । जिल्लामै पहिलो पटक केहि समय अघि मात्र दर्ता भएको रुकुम यातायात प्रालिले रुकुमदेखि काठमाण्डौ सम्मको लागि डिलक्स गाडि सञ्चालनमा ल्याएको हो ।

यसअघि रुकुम काठमाण्डौ साना हाईस सञ्चालन गरेको भए पनि लामो रुट र साना गाडिमा यात्रु चाप धेरै देखिएपछि ठुला डिलक्स गाडिहरु सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशब रावलले जानकारी दिए । रुकुम दाङ सडकखण्ड वटाशिल भएसगै सुबिधा सम्पन्न गाडिहरु सञ्चालनका लागि पनि सहज भएको उनको भनाई रहेको छ ।

कुनै बेला धुलो र हिलोमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका रुकुमेलीका लागी अत्याधुनिक डिलक्स गाडी सञ्चालनमा आएपछि यात्रुहरु पनि खुसि भएका छन । रुकुमबाट राजधानीको लागी यात्रा गर्नुपर्दा एक हप्ताको समय लाग्ने रुकुमबासी अव एक दिनमा नै राजधानी पुग्नेछन ।

प्रालिले रुकुमबाट काठमाडौँका लागी डिलक्स गाडी र नेपालगंज तथा दांङका लागी हाइस गाडीहरु सञ्चालन गर्ने बताएको छ । सदरमुकाम मुसिकोटबाट यस अघि सिस्ने हिमाल यातायात व्यवसायी समितीले दाङ, नेपालगंज र काठमान्डौमा सेवा दिइरहेको छ । सो समिती भन्दा अत्याधुनिक सुबिधा सहित रुकुम यातायात प्रालिले सेवा दिने दावी गरेको छ ।

प्रालिले रुकुमका स्थानिय ठाँउहरु रुकुमकोट, आठबिसकोट, चौरजहारी लगाएतका ठाँउहरुमा पनि गाडी सञ्चालन गरिरहेको छ । यसै गरी सोलाबाङ, सिम्रतु, झुल्नेटा लगाएतका स्थानीय बजारका यात्रुहरुलाई मध्यनजर गरी पनि गाडी सञ्चालन गर्ने बताईएको छ । रुकुमबाट काठमान्डौका लागी डिलक्स गाडी साँझ ४ बजे छुट्ने छ ।

जिल्लामा दुई यातायात समिति सञ्चालनमा आएसगै व्यवसाय सञ्चालनमा प्रतिप्र्रधा देखिएको छ भने यात्रुहरुलाई पनि सहज हुने छ । अघिल्लो सिस्ने समितिले रुकुम आफ्ना सेवाहरुलाई थप प्रभाबकारी बनाउँदै लैजाने बताएको छ । समितिले पनि आफ्नो सेवा बिस्तार गर्दै दाङ, नेपालगंजका लागि साना गाडिहरु संचालनमा ल्याउने तयारी गरेको छ भने जिल्लाको पुर्बी गाविस रुकुमकोटबाट पहिलो पटक काठमाण्डौ सम्म सिधा रात्री बस सेवा सञ्चालनमा ल्याएको छ ।

जसले गर्दा पुर्बी रुकुमका स्थानीय बासिन्दाहरु दाङ, नेपालगंज र काठमाण्डौ जानलाई रुकुम सदरमुकाम खलंगा आएर होटल बस्नुपनेृ बाध्यता हटेको छ । -मेगराज खड्का, Tulsipuronlineबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger