Headlines News :
Home » » पार्टी परित्याग गर्दै हेमन्त ओली ‘सुर्दशन’ले भने- एमाओवादीमा नवधनाढ्यको बहुमत भयो (विज्ञप्तिसहित)

पार्टी परित्याग गर्दै हेमन्त ओली ‘सुर्दशन’ले भने- एमाओवादीमा नवधनाढ्यको बहुमत भयो (विज्ञप्तिसहित)

Written By Unknown on Friday, January 1, 2016 | 5:10 AM


पुस १७, काठमाडौं । एमाओवादीका पोलिट्व्यूरो सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सममेलन गरेर नेता ओलीले नवधनाढ्याको बहुमत भएकाले एमाओवादीमा इमान्दार नेता कार्यकर्ता बस्नुको अर्थ नभएको भन्दै पार्टी परित्याग गरेको बताए ।

‘एमाओवादी नेतृत्व नवधनाढ्या वर्गमा परिणत भइसकेको छ, अब त्यहाँ बसेर देश, जनता र समाजको लागि सेवा गर्ने नसक्ने भएकाले मैले आजको मितिबाट स्वतन्त्र भएको घोषणा गरेको छु’ नेता ओलीले भने ।

प्रचण्डको पछिल्लो राजनीतिक दस्तावेजपछि एमाओवादीसँग आफ्नो मोह भंग भएको बताउँदै नेता ओलीले अगाडि भने, ‘प्रचण्ड जीको पछिल्लो राजनीतिक दस्तावेजपछि अब पक्का भएको छ कि प्रचण्ड जी काल्पनिक समाजवादी हुन् ।’ यो संविधानको कार्यन्वयन गरेर समाजवाद ल्याउने प्रचण्डका कुरा कल्पनिक भएको उनले बताए । आफूलाई पार्टीभित्र कुरा राख्ने मौका नै दिएको नेता ओलीले पत्रकार सम्मेलनमा बताए ।

उनले जनयुद्धले विकास गरेको विचारलाइई प्रचण्डले आफ्नो पैत्रिक सम्पति जस्तै विचारलाई एकपछि अर्को गरि छोड्दै गएकाले माओवादी विघटनतिर गएको बताए । ‘प्रचण्डपथ प्रचण्डका बाउको हो र ? नारायणकाजीसँग बसेर खुसुक्कै छोड्ने’ ओलीले पत्रकार सम्मेलनमा भने । एमाओवादीमा भ्रष्ट नेताहरुको आफूले पोल खोल्ने बताउँदै बोगटी र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बताए । ओलीले वैद्या र विप्लवले अगाडि सारेका कार्यदिशाको अध्ययन गरेर निर्णयमा पुग्ने बताए ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ति
पत्रकार मित्रहरु
आज म तपाईहरु मार्फत इतिहासका निर्माता आदरणीय जनममुदाय समक्ष एकीकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी)समूहका नाममा मुद्दा दायर गर्न चाहन्छु । आफनो रगत पसिनाको एउटा अध्यायको अन्त भएको र अर्को अध्याय शुरु भएको घोषणा पनि तपाईहरु मार्फत गर्न चाहन्छु ।

१) हामी एनेकपा(माओवादी) भित्रका इमान्दार क्रान्तिकारीहरुले २०७१ साल श्रावण ६ गते देखि मालेमावादबाट विचलन र कम्युनिष्ट पार्टीको विघटनलाई रोक्न पार्टीभित्र आलोचना र आत्मलोचनाको विधिलाई साँस्कृतिक क्रान्तिको स्तरमा उठाएर बहस शुरु गर्न माग ग¥यौं । यसै शिलशिलामा पार्टी अध्यक्षलाई नै भेटी क्रमशः ‘महान् सर्वहारा सास्कृतिक क्रान्तिः आजको आवश्यक, कष्टसाध्य र महान् कार्यभार’ र ‘अब के गर्ने ?’ दर्ज गरायौं ।

त्यस क्रममा तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भटराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरुलाई आफनो कुरा राखी प्रतिलिपिहरु बुझाएका थियौं । नेतृत्वले ती प्रस्तावहरु दर्ज भएको जानकारी बाहेक कुनै पनि बहसको शुरुआत गराएन । एक वर्षसम्म घिसेपिटे तालमा एउटै बैठकमा चक्कर लगाइरह्यो । केन्द्रीय समिति र जनतालाई एउटा क्रमभंगका लागि प्रतिक्षा गरौं भन्दै अन्ततः समाजवादी क्रान्तिको रणनीति र पुरानै राज्यसत्तालाई टिकाउन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धताको अन्तरविरोधपूर्ण कार्यनीति बनाएर नेतृत्वले जनताप्रति विश्वासघात गरेको छ
२) हामीले शहीद परिवार, वेपत्ता योद्धाका परिवार, घाइते अपाङग योद्धाहरु र शोषित उत्पीडित जनताको सपना पूरा गर्न साँस्कृतिक क्रान्ति अन्तर्गत विचारधारात्मक रुपमा स्कूलिङ ,अध्ययन र अनुसन्धान गरौं, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्ने र खुइल्याउने प्रवृत्ति र यौन अराजकता विरुद्ध आत्मआलोचना र आलोचनाको क्रान्ति गरौं भन्ने आवाज उठायौं । स्वयं अपराध र भ्रष्टाचारमा मुछिएको नेतृत्वले सुन्दै सुनेन ।

३) मालेमावाद पुरानो भइसकेकोले उदारवादी पूँजीवाद र समाजवाद समायोजन गर्ने नव उदारवादी पूँजीवादी दृष्टिकोण, मालेमावादलाई सृजनशील ढंगले लागू गर्ने र विकास गर्ने कुरालाई संशोधनवाद ठान्ने जडसूत्रवादी दृष्टिकोण, मालेमावाद आधारभूत रुपमा सही छ र विकासको पनि आवश्यकता छ भन्ने, तर भएको विकास पनि परित्याग गर्ने र विकासको ठोस योजना कहिल्यै नबनाउने द्धैतवादी दृष्टिकोण, मालेमावादको अध्ययन चिन्तनप्रति उदास, नेतृत्वलाई घेरामा हाली फसाउँदै–फकाउदै–धम्काउदै आफनो पक्षमा निर्णय गराउन वाध्य पार्ने लिन प्याओवादी र आत्मकेन्द्रित व्यक्तिवादी दृष्टिकोणले गर्दा पथप्रर्दशक सिद्धान्तको बुझाईमा एकरुपता नभई मालेमावादी मूल्यमान्यता ध्वस्त भएको; क्रान्तिको कार्यदिशा जता पनि अर्थ लगाउन सक्ने गरी बैज्ञानिक समाजवादको सट्टा अमूर्त “समाजवाद” शब्दावली प्रयोग गरेको र समाजवादी क्रान्तिको आधार र कार्यनीति नभएको; पार्टी विचारधारात्मक रुपले संगठित हुने त कुरै छोडौं, संगठनात्मक रुपले समेत सुधारवादी र संसदवादी चरित्रमा ढालेको र मन्त्रीमण्डलवाद र द्रव्यपिचासवाद व्यापक भएको; प्रेम–यौन–विवाहवारे हिन्दु–मुश्लिम ढोंगी दृष्टिकोण रहेकोले यस सम्बन्धी मुद्दालाई मात्र “साँस्कृतिक कमजोरी” वताई विना छानविन मुख्यतः इमान्दार र पारदर्शीमाथि कार्वाहीको डण्डा चलाउने गरिएको लगायतका मुद्दाहरु राखी अन्ततः मैले २०७२ साल बैशाख ३ गते पार्टीबाट विद्रोहात्मक राजीनामा दिएको थिऐँ ।

मैले राखेका बैचारिक विषयहरुमाथि बेवास्ता गर्दै तथाकथित साँस्कृतिक कमजोरीका नाममा एनेकपा(माओावादी)के.स.को वैठकले मलाई पार्टी सदस्यताबाट समेत निस्कासन गरीएको थाहा हुन आएको छ । नवधनाढ्यहरु हावी रहेको पार्टीबाट म जस्ता इमान्दार क्रान्तिकारीहरु निष्कासित हुनु स्वभाविक हो । तर मेरो राजनीनामा र स्पष्टीरण केन्द्रीय समितिमा पेश समेत नगर्नु र पारिवारिक मुद्दामा कुनै छानबीन नै नगरी ठाडो निर्णयद्धारा पार्टीबाट निस्कासन गर्नु एमाओवादी नेतृत्वगणको बैचारिक दरिद्रता र विचारलाई चुपचाप मार्ने षडयन्त्र भएको मुद्दा आम शोषित पिडित जनता समक्ष जोडदार रुपले दायर गर्न चाहन्छु । इतिहासका निर्माता जनता न्यायाधिश हुन् र तिनको फैसला नै अन्तिम हुनेछ ।

आदरणीय जनसमुदाय समक्ष म यो पनि अनुमति लिन चाहन्छु कि अधुरो क्रान्ति पूरा गर्नका लागि क्रान्तिकारी विकल्प रोज्न आजदेखि स्वतन्त्र भएको छु । एमाओवदी नेतृत्वले साम्राज्यवादको इशारामा क्रान्ति र जनताप्रति विश्वासघात गरेको छ । क्रान्तिकारी नेता, कार्यकर्ता र जनताप्रति म के प्रतिबद्धता जाहेर गर्दछु भने क्रान्तिकारीहरु बीच एकता र पार्टी पुननिर्माण गर्दै वर्गसंघर्षका प्रक्रियामा प्रसब पीडामा रहेको नयाँ कार्यदिशा जन्माउन र मालेमावादको विकास गर्न पूर्ण संकल्पकासाथ अघि बढ्नेछु । मालेमावादको विकासका लागि निम्न प्रश्नहरुको जवाफ खोज्ने छु ।

१) क. माओको मृत्युपछि सम्पन्न क्रान्तिमा किन प्रतिक्रान्ति भयो र विजयको सन्निकट विभिन्न देशका क्रान्ति किन असफल भए ?
२) साम्राज्यवादी वित्तिय, सूचना र श्रम बजारको भूमण्डलीकरणको विश्लेषण र संश्लेषण कसरी गर्ने ?
३)विज्ञान र प्रविधिको विकासलाई कसरी दार्शनिकीकरण गर्ने ?
४)जलवायू परिवर्तन र वातावरण विनाशले समाजलाई कस्तो असर पारिरहेको छ ?
५) विश्व कम्युनिष्ट आन्दोलनको इतिहासको समीक्षा र विशेष गरी स्टालिनमाथि
साम्राज्यवादीहको हमला र कथित माओवादीहरुको हमलाका बीच किन तालमेल भयो ?
६) नेपाली कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै दशवर्षे जनयुद्धको मुल्याङकन र जनयुद्धलाई ओझेलमा पार्दै संशोधनवादी बाटो लिने नेतृत्व कसरी पैदा भयो ?
७) राजनैतिक अर्थशास्त्रको अध्ययन र नेपालको आजको वर्गविश्लेषण गरी क्रान्तिको निसाना निर्धारण कसरी गर्ने ?
८) प्रेम, यौन र विवाहबारे मालेमावादको विकास कसरी गर्ने ?
९) चीन,उत्तरकोरिया र क्यूवालाई आजको परिस्थितिमा कसरी विश्लेषण गर्ने र यसको साथै बोलिभारियन समाजवाद के हो ? धन्यवाद ।
हेमन्तप्रकाश ओली ‘सुदर्शन’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger