Headlines News :
Home » » बस संचालनवारे जिल्ला प्रशासनमा छलफल शुरु

बस संचालनवारे जिल्ला प्रशासनमा छलफल शुरु

Written By Unknown on Thursday, December 31, 2015 | 8:37 PM


पुस १७, तुलसीपुर । बस संचालनका विषयमा जिल्लामा देखिएको विवाद समाधान गर्ने उदेश्य सहित शुक्रवार जिल्ला प्रशासनमा छलफल शुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका –कालिका प्रालिका पदाधिकारीहरुलाई वोलाएर उत्पन्न विवाद समाधान गर्न छलफलमा डाकेका हुन । विहान ८ बजेदेखि नै जिल्ला प्रशासनमा वार्ता हुने भनिए पनि प्रालिका पदाधिकारी विहान साढे नौं बजेसम्म पनि आयोजित छलफलमा सहभागि नहुँदा छलफलमा ढिलाई भएको छ ।

तर दाङका प्रहरी प्रमुख कुवेर कडायतले प्रालिका पदाधिकारीहरु पनि  छलफलमा सहभागि हुनका लागि आउँदै गरेकोले केहि ढिलाई हुन गएपनि केहि वरेमै छलफल शुरु हुने जानकारी दिए । प्रालिका महासचिव गेहेन्द्र वलीले पनि प्रहरी प्रशासनले पटक-पटक आग्रह गरेकोले आफूहरु पनि वार्तामा जाँदै गरेको जानकारी दिए ।

यसअघि भने प्रालिका पदाधिकारीहरुले आफू र आफ्ना गाडीहरुलाई राप्ती समितिकै पदाधिकारीहरुको नेतृत्वमा भौतिक आक्रमण भएकोले पहिला उनीहरुलाई पक्राउ र कानुन वमोजिम कारवाही हुनुपर्ने माग पुरा हुनुपर्ने अडान लिएको थियो । बुधवार प्रालिले पाँच वटा नयाँ डिलक्स गाडी भित्याएपछि लमहीदेखि घोराहीसम्म ठाउँठाउँमा ढुङ्गामुढा भएको प्रालिको आरोप छ ।

प्रालिका पाँचवटा गाडीहरु जिल्ला भित्याए देखि नै सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरको हाता भित्रै राखिदै आइएको छ । यसैबीच राप्ती समितिले पनि विहिवार मात्रै थप चारवटा वस भित्याएको छ । समितिले भित्याएका नयाँ वसहरुलाई विहिवार वजार परिक्रर्मा गराइएको थियो ।

प्रालिले शनिवार देखि सेवा शुरु गर्दै
मालिका–कालिका यातायात प्रालिले शनिवार देखि सेवा शुरु गर्ने जानकारी दिएको छ । सेवाको उद्घाटन शनिवार विहान ८ बजे तुलसीपुरको अरनिको मैदानमा एक औपचारीक कार्यक्रमका वीच गर्ने प्रालिका महासचिव गेहेन्द्र वलीले तुलसीपुर अनलाइनलाई जानकारी दिए ।

महासचिव वलीका अनुसार वसको उद्घाटन नेपाली काँग्रेसका नेता एवं दाङ क्षेत्र नं.–४ बाट निर्वाचित सांसद वुद्धिराम भण्डारीले गर्ने छन् । प्रालिले भित्याएको पाँच वटा नयाँ डिलक्स वसहरु मध्य शनिवार देखि नै दैनिक एउटाको दरले दाङ–काठमाडौं संचालन गर्ने जनाएको छ । तुलसीपुरवाट काठमाडौं र काठमाडौं वाट दाङका लागि दैनिक एउटा वस रात्री सेवामा संचालन गर्ने महासचिव वलीले जानकारी दिए । नारायण खड्का, Tulsipuronlineबाट 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger