|
|
भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘मलाई प्रहरीले ओच्छ्यान बनाएका छन् । तपाईहरुसँग कारबाही गर्ने हिम्मत छ भने मेरो गोपनीयता कायम गरिदिनोस म नाम दिन तयार छु ।’ उनले डान्सबारका मालिकबाट पनि यौनहिंसाको सिकार हुनुपरेको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
खानलाउन दुःख भएकै कारण यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ । गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी बन्दना राई (नाम परिवर्तन) को पनि छ ।
भूकम्पमा परिवार गुमाएकी उनीसँग छोरीमात्रै जीवित छन् । ‘मैले पढेकी छैन, जागिर कसले दिन्छ मलाई ? त्यसैले म क्याबिनमा काम गर्छु । म धेरैपटक प्रहरीको सिकार भएकी छु,’ उनले भनिन् ।
Post a Comment