Headlines News :
Home » » एमबीबीएस परिक्षामा विप्लव माओवादीको छापा, १२ विदेशी विद्यार्थीको उत्तरपुस्तिका कब्जा

एमबीबीएस परिक्षामा विप्लव माओवादीको छापा, १२ विदेशी विद्यार्थीको उत्तरपुस्तिका कब्जा

Written By Unknown on Wednesday, December 23, 2015 | 4:19 AM



पुस ८, काठमाडौं । विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले सोमबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) मा एमबीबीएसको प्रवेश परीक्षा दिइरहेका १२ जना विदेशी विद्यार्थीको उत्तरपुस्तिका कब्जामा लिएको छ।

कलेजले विद्यार्थीलाई परीक्षामा उत्तीर्ण गराउन आफैं चिट चोराएर लेखाइरहेको आरोपमा उत्तरपुस्तिका कब्जामा लिएको क्रान्तिकारीले दाबी गरेको छ। विगतमा विदेशी विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी नगराई कलेजले एमबीबीएसमा भर्ना गर्दै आएको थियो।

सरकारले विदेशी विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी गराएर भर्ना गर्नुपर्ने नियम यसै वर्षदेखि लागू गरेपछि कलेजहरूले पहिलोपटक परीक्षा लिएको थियो। प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई भर्ना गर्न नपाउने भएपछि कलेज प्रशासनको मिलेमतोमा परीक्षामा चिट चोराइएको क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले बताएको छ ।

उनका अनुसार कलेजले तेस्रो तलामा परीक्षा सञ्चालन गराउँदा विश्वविद्यालयका कर्मचारी तथा प्रहरी प्रशासनको समेत उपस्थिति थिएन। ‘कलेजमा जाँदा प्रवेश परीक्षा देखाउन मात्र सञ्चालन गरिएको पाइयो। शिक्षकले कतिपय प्रश्नको ह्वाइट बोर्डमा लेखिएको पाइयो,’ चलाउनेले भने, ‘सरकारी निकायको आँखा छल्न सञ्चालन गरिएको परीक्षा रोक्नुपर्छ भनेर उत्तरपुस्तिका कब्जामा लिएका हौं।’

विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा लिनुपर्ने सरकारी निर्देशनपछि काठमाडौं विश्वविद्यालयले सोमबार आफूअन्तर्गतका सम्पूर्ण कलेजमा एमबीबीएस पढ्न चाहने विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा सञ्चालन गरेको थियो । कलेज प्रशासनले भने अपरिचित समूहले उत्तरपुस्तिका लगेको बताएको छ।

कलेजका प्रशासन अधिकृत निर्मल अर्यालले परीक्षा सुरु हुनुभन्दा केही अघिमात्र उत्तरपुस्तिका लगेको बताए । उनले भने,’कसले लग्यो थाहा छैन । प्रहरीलाई उजुरी गरेका छौं। परीक्षा सौहार्द रूपमा सञ्चालन भइरहेको थियो।’ परीक्षामा १३ विदेशी विद्यार्थी सहभागी थिए । आजको अन्नपूर्ण पोस्टबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger