Headlines News :
Home » » सल्यानमा रहेको मध्यपश्चिमकै चर्चित "कुपिण्डे दह" पर्यटकीय गन्तव्यस्थल बन्दै

सल्यानमा रहेको मध्यपश्चिमकै चर्चित "कुपिण्डे दह" पर्यटकीय गन्तव्यस्थल बन्दै

Written By Unknown on Wednesday, December 23, 2015 | 3:58 AM


पुस ८, सल्यान । समय चिसो छ । मौसम सफा । उत्तरतिर मोती झै हाँसिरहेका हिमश्रृङ्ला । वरिपरी अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाश झै दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याऊने दृश्य भएको तलाऊ कुपिण्डे ताल ।


यो दह, आज भोलि आन्तरिक पर्यटनको केन्द्र बनेको छ । यस जिल्लाका मात्र नभई राप्ति र भेरी अञ्चलका विभिन्न जिल्लाका स्थानबाट कुपिण्डे दह हेर्न आउने सङ्ख्या बढेको छ । स्थानीय पोखरसिंह कँवरले विगत तीन वर्षयता कुपिण्डेमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।

“डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिम श्रृङ्खलाको दृश्यावलोकनको मज्जा बेग्लै छ” उहाँले भन्नुभयो । सदरमुकाम खलङ्गाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । सदरमुकामबाट नजिकै भएकाले विभिन्न सरकारी, गैह्रसरकारी संस्था र विद्यालयका विद्यार्थीका लागि पर्यटकीय आर्कषणको केन्द्र बनेको छ कुपिण्डे दह ।

‘जव प्लेसमेन्ट कलेज’का प्रवन्धक ठाकुर पाण्डेले कुपिण्डे राष्ट्रिय महत्व बोकेको पर्यटकीयस्थल भएको बताउनुहन्छ । कुपिण्डेवाट चाखुरे, सिस्नेलगायतका हिम श्रृङ्खला हेर्न सकिन्छ । कुपिण्डेदह संरक्षण समितिले दहमा डुङ्गा (चम्फा) सञ्चालनमा ल्याएको छ । डुङ्गा चालक सूर्य बुढाथोकी आजभोलि डुङ्गा शयर गर्ने पर्यटक राप्ति अञ्चल मात्र होइन भेरीका बाँके, बर्दिया, सुर्खेत र जाजरकोटबाट पनि आउने गरेका बताउनुहन्छ । “आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ” उहाँले भन्नुभयो ।

कुपिण्डे दहको आधुनिक प्रविधिबाट नाप त लिइएको छैन, तैपनि स्थानीय प्रविधिबाट नाप लिँदा साढे २५ मिटर गहिरो, करिव दुई किलोेमिटर लामो र एक किलोमटिर चौडाइ क्षेत्रमा फैलिइएको संरक्षण समितिका अध्यक्ष झरेन्द्र कुँवरले जानकारी दिनुभयो । बहुआयामिक कुविण्डे दहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सके त्यहाँको जीवनस्तर, आर्थिकस्थिति परिवर्तनको सम्भावना छ ।

विसं २०६४ देखि दहमा डुङ्गा सञ्चालन भएपछि धार्मिक अन्धविश्वासका कारण स्थानीय केही बुढापाका पहिले डुङ्गा चढ्न मान्दैनथे । अहिले त्यो भ्रमबाट मुक्त भएको डुङ्गा चालक मानबहादुर क्षेत्री बताउनुहुन्छ । “आजभोलि डुङ्गा चढ्ने बुढापाकाको सङ्ख्या बढेको छ” उहाँले भन्नुभयो ।

उत्तर दक्षिणतर्पm पैmलिएको उक्त दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा दह । हरियाली वन जङ्गल छ । जङ्गलमा घोरल, रतुवा, कालीज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । ती सबैलाई संरक्षण गर्न दह वरिपरिको सय मिटर क्षेत्रभित्र वन्यजन्तु र काठपात उपयोगका लागि बन्देज गरिएको अध्यक्ष कँुवर बताउनुहन्छ ।

पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण तर प्रयोग र प्रचारको हिसाबले ओझेलमा परेको कुपिण्डे दहको विकास गर्न पर्यटन बोर्डलाई अनुरोध गरेको स्थानीय चेतलाल पोखरेलले बताउनुभयो । दुई वर्षयता कुपिण्डेमा बनभोज र डुङ्गामा रमाउन आउने क्रम बढेकाले पनि आवश्यक पूर्वाधारको विकास लागि कार्यक्रम माग गरेको उहाँको भनाइ छ ।

दहको मध्यभागबाट उत्तरतिरका हिमश्रृङ्खला देख्न सकिन्छ । अहिले दिनमा आठ घण्टा दुबै डुङ्गा चल्छन् । डुङ्गामा पूरै फन्को लगाउन दुई घण्टाको समय लाग्छ । एक फन्को लगाउँदा रु १५ भाडा लाग्छ । वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दीरमा पूजाआजा गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पूजारी लालबहादुर कुँवरको भनाइ छ । “यो वर्ष मात्रै पाँचहजार भन्दा धेरै मन्दिरमा पूजा र दर्शन गर्न आए” उहाँले भन्नुभयो ।

जिविसले जिल्लाका पर्यटकीय स्थलको विकास लागि कार्यक्रम अगाडि बढाएको छ । कुपिण्डे दहमा पछिल्लो समय वर्खा याममा बाढीका कारण दह पुरिने सम्भावना बढेकोले तटबन्ध, जनचेतनामूलक कार्यक्रमलगायतका काम थालेको जिविसका सूचना अधिकृत पूर्ण वलीको भनाइ छ । रमेशकुमार वली, रासस

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger