Headlines News :
Home » » चाल्नाखेलमा हराएको एउटा पेस्तोल खोज्न एक सय प्रहरी परिचालन

चाल्नाखेलमा हराएको एउटा पेस्तोल खोज्न एक सय प्रहरी परिचालन

Written By Unknown on Tuesday, December 22, 2015 | 6:20 AM


पुस ७, काठमाडौ—प्रहरीले अपरान्ह स्थानीयसँग भएको झडपमा हराएको डिएसपीको लोडेड पेस्तोलको खोजी तीब्र बनाएको छ।

काठमाडौंको चाल्नाखेलमा रहेको एभरेष्ट ग्याँसको रिफिलिङ सेन्टरमा स्थानियले तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो।

झडपमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी टिकाबहादुर केसीले बोकेको गोली लोड भएको पेस्तोल हराएको हो।

परिसरका एसपी विश्वराज पोखरेलले पेस्तोलको खोजीका साथै सुरक्षाका लागि चाल्नाखेल क्षेत्रमा एकसय प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार झडपका समय ६० जनाको संख्यामा रहेका प्रहरीमाथि सयौंको संख्यामा रहेका स्थानीयले दुङगामुढा गरेका थिए।

 घम्साघम्सीमा हराएको वाकीटाकी सेट भने केही घण्टामा फेला परेको थियो। 'शंकास्पद आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भै रहेको छ, रातीसम्म पेस्तोल पनि भेटिएला', एसपी पोखरेलले भने।

एभरेष्ट ग्यासले मंगलबार भरिएको सिलिण्डर उपभोक्तालाई वितरण गर्ने जनाए पनि पालो पर्खेर बसेका स्थानीयले एक बजेसम्म कम्पनीले कुनै चासो नदिएपछि भित्र पसेर तोडफोड गर्न थालेका थिए।

प्रहरीले स्थिति नियन्त्रणमा लिन वृत्त कीर्तिपुरबाट डिएसपी केसीको कमाण्डमा र थप मद्दतका लागि डिएसपी ढकालको कमाण्डमा परिसरबाट टोली पठाएको थियो। घटनामा घाईते भएका डिएसपीद्धय केसी र ढकाल सहित सबै प्रहरी सामान्य रहेको एसपी पोखरेलले बताए।-nagariknews.comबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger