|
|
करिव ११ वजे भएको आगलागीबाट पुरन्धारा गाविस–८ रोल्पालीतरा निवासी झुपलाल डाँगीको गोठमा बाँधेका एक हल गोरु, गाईको बाच्छी जलेर मरेका छन् ।
त्यसैगरी गोठमा रहेका दारपात, गाईबस्तुलाई खुवाउने पराल पनि जलेर नष्ट भएको स्थानीय ज्ञानबहादुर खत्रीले बताएका छन् । जाँडरक्सी र गाँजाको लतमा लागेका छिमेकी १७ वर्षका भिमबहादुर पुनले गोठमा आगो लगाएको स्थानीयले बताएका छन् ।
आगो लगाउने पुनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । गोठभित्र छोडेको चप्पल र जाइकोटका आधारमा आगो लगाउने युवकको पहिचान भएको थियो । ओपेन्द्र बस्नेत,dangkhabarबाट
Post a Comment