Headlines News :
Home » » ५५ वर्षिय धनबहादुरले तमसुक नै बनाएर १४ बर्षिय बालीका बलात्कार

५५ वर्षिय धनबहादुरले तमसुक नै बनाएर १४ बर्षिय बालीका बलात्कार

Written By Unknown on Thursday, December 17, 2015 | 5:26 AM


पुस २, बझाङ । बझाङ चौधारी गाविसका ५५ वर्षिय धनबहादुर विस्ट १४ बर्षिय बालिकाको बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन ।

गाउँले जेठाबुवा नाता पर्ने उनले भैरवनाथ गाविसकि ६ कक्षामा पढ्ने एक वालीकाको बलात्कार गरेको उजुरीका आधारमा उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

भैरवनाथ गाविसको सुडीखोला भन्ने ठाउमा पसल व्यवसाय गदै आएका धन बहादुरले मंगलवार राती १ बजे तिर पिडित बालिका भाउजुसंग सुतिरहेको वेला उनकै घरमा आइ पैसा फिर्ता गर्नु पर्ने काम छ भनेर बाहिर बोलाएको र खेतमा लगेर बलात्कार गरेको पिडितले बताएकी छन ।

“रक्सी खाएर ढोकामा बेस्सरी ढकढक गर्यो । के काम छ भनेर भाउजुले भन्दा त्यसको पैसा फिर्ता गर्नु पर्ने छ भनेर भन्यो ” पिडित बालिकाले भनिन-“भोली आउनु भन्दा पनि अहिले नै दिन्छु भनेर हल्ला गर्न थालेपछी भाउजुले ढोका खोल्नुभयो” आफु बाहिर आए पछी नजिकै रहेको अर्को घरमा सुतेकी आमाको अगाडी पैसा दिन्छु भनेर मुख थुनेर नजिकै रहेको खेतमा लगेर बलात्कार गरेको बालिकाले बताइन ।

उता आरोपी धनबहादुर विस्टले भने ३ वर्ष अघि देखी नै आफुहरुको प्रेम सम्बन्ध रहेको र सो दिन पनि बालिकाले नै आफुलाइ यौन सम्बन्ध राख्नका लागी बोलाएको बताएका छन । यौन सम्बन्ध राखे बाफत आफुले ४ लाख दिइसकेको वताउने विस्टले बालिकाको नाममा अनौठो तमसुक समेत बनाएका छन ।

तमसुकमा २०७१ असोज देखी विस्टसंग आफ्नो सुमधुर प्रेम रहेको र यस विचमा विस्टवाट पालन पोषण खर्च बाफत ४ लाख लिइसकेको व्यहोरा उल्लेख गरिएको छ । आगामी दिनमा पनि महिनाबारी तलव स्वरुप मासिक दशहजारका दरले विस्टबाट लिने र विवाह नगरुन्जेल उनलाइ मनोरञ्जन गराउने कुरा तमसुकमा उल्लेख गरिएको छ ।

कागजमा कुनै पनि इस्टमित्रका केटाहरुसंग उठबस नगर्ने र सांझ सधै आफ्नै घरमा सुत्ने बाहिर सुत्नु पर्ने अवस्था आएमा भाउजुको घरमा सुत्ने कुरा लेखिएको छ । बालिका र विस्ट दुवैको हस्ताक्षर रहेको उक्त तमसुकमा गाउँ नजिकै मन्दिर रहेको गडमेल्ली मसानी देवतालाइ साक्षी राखिएको छ । नेपाली कागजमा लेखिएको तमसुकमा विस्टलाइ धोका दिएमा कारवाही पनि सहने कुरा समेत लेखिएको छ ।

पिडित बालिकाले भने उक्त कागजबारे आफुलाइ केही थाहा नभएको र कागजमा आफुले हस्ताक्षर समेत नगरेको वताएकी छन । वालिकाका बाबुले आफु भारतमा मजदुरी गर्न गएको वेला छोरीबाट सापटी स्वरुप विस्टले पैसा लगेको र सोही रकम पचाउनका लागी कागजको नाटक गरेको वताए ।

आरोपी विस्ट हुलाक कार्यलयका सेवा निवृत पोष्टम्यान हुन । बालिकाको स्वास्थ्य परिक्षण र घटनाको अनुसन्धान भईहेको र स्वास्थ्य परिक्षण पछि बास्तविकता पत्ता लाग्ने जिल्ला प्रहरी कार्यलय मुद्धा फाँटका प्रहरी सहायक निरिक्षक प्रदिप खनालले जानकारी दिएका छन । sajhasabal.comबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger