Headlines News :
Home » » रोल्पामा फुटबल प्रतियोगिता हुने

रोल्पामा फुटबल प्रतियोगिता हुने

Written By Unknown on Monday, December 28, 2015 | 3:11 AM


रोल्पा, पुस १३ / फागुनको दोश्रो सातामा रोल्पाको सदरमुकाम लिबाङमा जिल्लास्तरीय सर्वाधिक राशिको पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

सनस्टार युवा क्लब रोल्पाको चौथो र सनस्टार साप्ताहिक पत्रिकाको तेश्रो बार्षिक उत्सवको अवसरमा रोल्पाको लिबाङमा सर्वाधिक राशिकै जिल्ला स्तरीय खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष पुरण क्षेत्रीले बताउनुभयो । गत वर्षमा राष्ट्रियस्तरको पुरुष फुटबलको आयोजना गरेको भएपनि यस पटक जिल्लाका युवा खेलाडीहरुको माग र सल्लाह बमोजिम जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभएको हो ।

प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ५ सय ५५ रुपैयाँ नगद, कप, मेडल सँगै प्रमाणपत्र हात पार्नेछन । दोश्रो हुनेले ३५ हजार, ट्रफी प्रमाणपत्र र मेडल, तृतिय हुनेले २५ हजार र प्रमाणपत्र मेडल, चौथो हुनेले रु १० हजार, मेडल र प्रमाणपत्र हात पार्नेछन ।

यसैगरी क्लब र पत्रिकाको बार्षिक उत्सवको अवसरमा रंगीन स्मारिका बिमोचन गर्ने निर्णय भएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । स्मारिकामा जिल्लाकामा रहेका विभिन्न खेलहरुको चर्चा, प्रशिक्षकहरुको भनाईहरु, खेलसँग सम्बन्धीत चर्चित खेलाडीहरुको जीवनी, उत्कृष्ट खेलाडीहरुको गतिविधि, खेलक्षेत्रमा स्थापित हुन पुगेका क्लब, संघ संगठन आदिका गतिविधिका बारेमा चर्चा गरिने खालको हुने भएको छ ।

स्मारिकको सम्पादन तथा तयारीका लागि पत्रिकाका कार्यकारी सम्पादक नविन लोचन मगरको संयोजकत्वमा एक समिति गठन भएको छ । यसैगरी कल्ब र पत्रिकाको बार्षिक उत्सवको अवसरमा केन्द्रियस्तरका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रण गर्ने र बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिने निर्णय भएको उपाध्यक्ष रत्न महराले बताउनुभयो ।

२ जना केन्द्रिय कलाकार निमन्त्रणा गर्ने र जिल्लामा रहेका होलीभिजन आबासीय माबिका बिद्यार्थी कलाकार, तुल्सी आबासीय माबिका बिद्यार्थी कलाकार, ब्राईट फयुचर आबासीय माबि र बाल कल्याण उमाबिका बिद्यार्थी कलाकारहरु, सुनछहरी कलाकेन्द्रका कलाकारहरु र जिल्लास्तरका अन्य कलाकारहरुलाई समेत आमन्त्रण गरेर भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय भएको महराले बताउनुभयो ।

बार्षिक उत्सवको अवसरमा देवीदत्त गण ब्यारेक रोल्पा, जिल्ला खेलकुद बिकास समितिको कार्यालय रोल्पाबाट झाँकी एवम डेमोष्ट्रेशनका लागि आमन्त्रण गर्ने निर्णय भएको कोषाध्यक्ष नवराज आचार्य नविनले बताउनुभयो । माघ महिनाबाट रेडियो तथा पत्रपत्रिकाबाट प्रचारप्रसार कार्य, पर्चा पम्पलेट बितरण कार्यलाई ब्यापक गराउने समेत निर्णय भएको आचार्यले बताउनुभयो ।

क्लब सँगै पत्रिकाको बार्षिक उत्सव परेकाले पत्रकारहरु र जिल्लास्तरीय राजनितिक दल, सरकारी कर्मचारी, साहित्यकार सबैलाई समेटने गरी मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । जसमा बिजेता हुने टिमले नगद रु ५ हजार प्राप्त गर्नेछन भने प्रमाण पत्र सबै सहभागिले पाउने भएका छन ।

बार्षिक उत्सवका अवसरमा अन्य विभिन्न खेलहरु समेत आयोजना गरेको क्लबले बताएको छ । घैँटाफोर, भालेपकड लगायतका मनोरन्जनात्मक खेलहरु समावेश गरिने भएको छ । बार्षिक उत्सवका लागि कोषाध्यक्ष नवराज आचार्य नबिनको संयोजकत्वमा आर्थिक संकलन अभियानको समेत थालनी गरीने आयोजकले बताएको छ । dangkhabar.com


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger