Headlines News :
Home » » तपाईको मोबाइल ह्याङ हुन्छ भने यी ५ टिप्सहरु जानी राख्नुहोस

तपाईको मोबाइल ह्याङ हुन्छ भने यी ५ टिप्सहरु जानी राख्नुहोस

Written By Unknown on Wednesday, December 16, 2015 | 8:37 PM


यदि तपाइँको फोन बारम्बार ह्याङ् भएर समस्या दिन्छ भने तपाइँले कुनै गल्ती गरिरहनु भएको छ । यी कुरामा ध्यान दिनु भो भने तपाइँको फोन कहिले पनि ह्याङ हुने छैन ।

टिप्स नम्बर १: यस्ता फाइल र फोल्डर जसको प्रयोग कम हुन्छ यस्तालाई क्लाउड स्टोरमा स्टोर गर्नुस् । यसो गर्दा मोबाइलको इन्टरनल मेमोरी खाली रहन्छ । 

क्लाउड स्टोर भर्चुअल ड्राइभ जस्तै हो यसमा तपाइँ आफ्नो डाटा सेभ गर्न सक्नु हुन्छ । गुगल ड्राइभ, वन ड्राइभ र ड्रप बक्स क्लाउड स्टोरेज एप्लिकेशन प्रयोग गरेर मोबाइलको मेमोरी कम गर्न सकिन्छ ।

टिप्स नम्बर २: फोन ह्याङ हुने सबैभन्दा मुख्य कारण इन्टरनल मेमोरी हो । जव फोनको इन्टरनल मोमरी वा र्‍याम कम हुन्छ अनि फोन ह्याङ हुन्छ । 

यसका लागि तपाइँले स्मार्टफोनमा एक्सप्याण्डल मेमरीको अप्सनमा गएर त्यहाँ भिडियो, पिक्चर आदि सेभ गर्न सक्नु हुन्छ । जुन एप्लिकेशन प्रयोग हुँदैन त्यस्तो एप्लिकेशन हटाइदिनुस् । यसले फोन ह्याङ हुने समस्या कम गर्छ ।

टिप्स नम्बर ३: हरेक स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेट अप्सन हुन्छ । फ्याक्ट्री रिसेट गर्दा फोनको ह्याङ हुने समस्या समाधान हुन्छ । तर त्यसो गर्न अघि फोनको डाटा ब्याकअप गर्न नभुल्नुस् ।

टिप्स नम्बर ४: फोनबाट त्यस्ता सबै चिज डिलिट गरिदिनुस् जुन तपाइँलाई आवश्यक छैन । त्यति मात्र होइन फोनको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुस् यहाँ क्यास डाटा (Cache data) को विकल्प आउँछ त्यहाँ गएर क्लियर डाटा गर्नुस् । समय समयमा यस्तै गर्नुस् ।

टिप्स नम्बर ५: फोनमा गीत, भिडियो, तस्वीरे र अन्य डाटा एक्सटर्नल मेमरीमा सेभ गर्नुस् । तपाइँले एक्सटर्नल मेमरीलाई डिफल्ट राख्नु भयो भने सेभ हुँदा त्यसमै हुन्छ । इन्टरनल मेमरीको धेरै भाग खाली राख्दा फोन ह्याङ हुने समस्या कम हुन्छ nepaliheadlines.comबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger