Headlines News :
Home » » माओवादी जनगणतन्त्र नेपालको लागि सातु चामल तयार पार्दैछ: आधार

माओवादी जनगणतन्त्र नेपालको लागि सातु चामल तयार पार्दैछ: आधार

Written By Unknown on Saturday, December 26, 2015 | 2:46 AM


पौष ११, सल्यान I नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले देशको दलाल संसदिय व्यवस्था अन्त्य गरि जनगणतन्त्र नेपालको स्थापनाका लागि आफुहरुले सातु चामल तयार गरिरहेको बताएका छन ।

देशमा हत्या हिंसा बढिरहेको अवस्थामा माओवादीलाई बन्दुके पार्टी भनी आरोप लगाउनेहरुले बन्दुकको भरमा सरकार टिकाइरहेको बताउदै उनले देशमा चलिरहेको हत्याहिंसामा सत्तासिन दलहरु बढि जिम्मेवार भएको आरोप लागाएका छन ।

कोटबाराको टाट्केमा १२२ औं माओ दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती उपव्यूरोका संयोजक समेत रहेको आधारले विभिन्न समयमा बन्दुक बोकेर सत्तामा पुगेका सत्तासिन दलहरुहरुले राष्ट्रिय मुद्धा उठाउदा आफुलाई बन्दुके भनेर विभिन्न आरोप लगाएको र सत्तासिन दलले नै बन्दुक बोकेर जनतालाई मार्दै सत्ता टिकाइरहेको आरोप लगाएका छन ।

आफ्नो सत्ता टिकाउनका लागी दिनदिनै किन मान्छे मारेको त्यसको उत्तर सत्तामा रहेका दलले दिनुपर्ने बताएका छन । जनसत्तामा पास गरेका जग्गाका जग्गा धनिले दुःख पाइरहेको बताउदै उनले वर्ग वैरीले ती जग्गालाई मान्यता दिनुपर्ने बताएका छन ।

संविधानमा संसदवाद र बहुलवाद राखेर हतारमा संविधान घोषणा गरेको कारण यो संविधान शाषक वर्गले शाषण गर्नलाई मात्रै निर्माण गरिएको बताउदै उनले यो संविधानले जनतालाई झनै दुःख थपेको बताएका छन ।

वर्ग समाप्त भएमा बन्दुक समाप्त हुने बताउदै उनले मान्छे धनी तथा शाषक बन्न जवसम्म बन्दुकको सहारा लिन्छन तवसम्म विकल्पमा बन्दुक रहने भन्दै उनले शाषकहरुले बन्दुक छोडेको घोषणा गर्ने तर बन्दुकले जनतामा शाषण गर्ने बताएका छन । गरिबहरुका छातिमा बन्दुकका गोली ठोक्नेले बन्दुककै बलले गरिवलाई दवाएको बताउदै उनले बन्दुकले दमन गरे त्यो बन्दुकका विरुद्धमा माओवादीले हैन जनताले आफै प्रतिरोध गर्ने बताएका छन ।

निशुल्क गास, बास, शिक्षा, स्वास्थ्य र रोजगार व्यवस्था गर्नुको साटो सरकारमा रहेका राजनीतिक दलहरुले भ्रष्टाचारिलाई साथ दिइरहेको बताउदै उनले आफुहरुले गाउँ गाउम जनसरकार घोषणा गर्ने र त्यस्ता भ्रष्टाचारीलाई जनसरकारले कार्वाही गर्ने बताएका छन ।

माओवादी एकताको कुरा अव कसैले गर्न नहुने र धु्रविकरणको लागि ढोका सधै खुल्ला भएको बताएका छन । संसदवाद मान्नेहरुसंग एकताको कुरा हुनै नसक्ने भन्दै उनले गाउँगाउमा हुने जनसत्ताका चुनावमा सबैदलले सहभागिता जनाउन पाउने त्यहीबाट जितेमा सरकारका विभिन्न निकायमा सहभागिता हुन पाउने बताउदै त्यसमा सामेल हुन आग्रह गरेका छन ।

माओ दिवशका अवसरमा सल्यान कोटबारमा लाग्ने उक्त मेलामा सल्यानका विभिन्न ठाँउका स्थानियहरु र रोल्पा तथा रुकुमबाट पनि मेला भर्न आउने गर्दछन । हिजो र आज सोहि ठाँउमा स्थानिय क्लवहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरेका छन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger