Headlines News :
Home » » दाङमा मालिका–कालिका प्रालिका गाडिहरु तोडफोड अध्यक्ष हमालको नेतृत्वमा भएको प्रालिको आरोप

दाङमा मालिका–कालिका प्रालिका गाडिहरु तोडफोड अध्यक्ष हमालको नेतृत्वमा भएको प्रालिको आरोप

Written By Unknown on Thursday, December 31, 2015 | 8:31 PM


पुस १७, तुलसीपुर । मालिका–कालिका यातायात प्रालिका पदाधिकारीहरुले आफूहरुले व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन् ।प्रालिले विहिवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफूहरु पनि यहि देशको नागरिक भएकोले कानुन बमोजिम अरु सरह आफ्नो व्यवसाय गर्न पाउनुपर्ने माग गरेका हुन ।

प्रालिले बुधवार आफ्ना पाँच वटा नयाँ गाडी जिल्ला भित्याउँदै गर्दा राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालको नेतृत्वमा गाडिमाथि ढुङ्गामुढा गरि तोडफोड भएको आरोप पनि लगाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष हमाल नेतृत्वमा रहेका व्यक्तिहरुवाट प्रहरी घेरा भित्रै सवारी चालक,प्रालिका केही कर्मचारी, पदाधिकारी सवार स्कारपीयो र आफ्ना वटा डिलक्स वसहरुमाथि लमही देखि सृङखलावद्ध आक्रमण भएको जानकारी दिइएको छ ।

घरेलुहात हतियार सहित आएका राप्ती समितिबाट प्रयोग भएका व्यक्तिहरुले ज्यानमार्ने उदेश्य राखि आक्रमण गरेको पत्रकार सम्मेलनमा आरोप लगाइएको थियो । उक्त आक्रमणवाट प्रालिका केहि कर्मचारी घाइते भएको र नयाँ वसहरुको सिसा फुटेको जानकारी दिइएको छ । प्रालिले तुलसीपुर स्थित आफ्नो वुकिङ काउन्टरमा गएराति मध्यरातमा तोडफोड भएको प्रालिका उपाध्यक्ष राजविक्रम आर्सीले बताए ।

pressप्रालिले पुस १८ गते देखि दाङ काठमाडौंका लागि सेवा संचालन गर्ने तयारी गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रालिका महासचिव गेहन्द्र वलीले भने ‘आफूहरुले स्वच्छ रुपमा व्यवासायिक प्रतिपर्धा मात्रै गर्न खोजेका हौं, हामी लडाई झगडा चाहानौं ।’ उनले आफूपनि यहि देशको नागरिक भएकोले कानुनले प्रदान गरेको सुविधा अनुसार व्यवसाय संचालन मात्रै गर्न चाहेको बताए ।

महासचिव वलीले थपे ‘ राप्ती समितिले स्वच्छ व्यवासयिक प्रतिपर्धा मात्रै गर्न खोजेको भन्ने गरेको भएपनि ठिक विपरीत भौतिक आक्रमण र ज्यानमार्ने सम्मको धम्कि दिनु उचित भएन ।’ उनले व्यवासयिक मर्यादा विपरित भौतिक आक्रमणगर्ने र चालकहरुलाई ज्यान मार्ने धम्कि दिनेहरुलाई कारवाहीको माग गरेका थिए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा पनि स्थानिय प्रशासन र राज्यसंग व्यवासयिक ग्यारेन्टि तथा आफूहरुको सुरक्षाको लागि अपिल गरिएको छ ।

पत्रकार सम्मेलनमा चालकहरु टिका वली र सुर्वणराज भण्डारीले आफूहरुलाई राप्ती समितिकै पदाधिकारीहरु बाट वारम्वार ज्यानमार्ने धम्कि आएको भन्दै सुरक्षाको माग गरेका थिए । पत्रकार सम्मेलनमा चालक भण्डारीले मजदुर जता दुई पैंशा कमाई हुन्छ जता सुविधा हुन्छ त्यतै काम गर्न पाउने अधिकार कुन्ठित गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रालिका अध्यक्ष सुमन पोख्रेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण उपाध्यक्ष आर्सीले गरेका थिए। पत्रकार सम्मेलनका क्रममा यसअघि राप्ती समितिकै निर्देशनमा प्रालिका पदाधिकारी माथि कुटपिट भएको, काउन्टर तोडफोड भएको जस्ता आरोपहरु पनि लगाइएको थियो ।

बुधवार दाङ भित्रिएका प्रालिका पाँचवटा डिलक्सवस राति देखि नै सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरको कम्पाउन्ड भित्र राखिदै आएको छ ।

राप्ती समितिले नयाँ चारवटा एसी वस ल्यायो, वजार परिक्रर्मा
वजार परिक्रर्मा  प्रालिले पत्रकार सम्मेलन सुरु गर्दै गर्दा राप्ती समितिले भने आफूले भित्याएका थप चारवटा वसहरुलाई बजार परिकर्मा गराएको थियो ।

समितिले भित्याएका नयाँ एसी वस सहित राप्ती समितिका कर्मचारी र यूवाहरु ठूलो संख्यामा मोटरसाइकलमा शक्ति प्रदशन गरेको सैलिमा वजारको परिक्रर्मामा सहभागी बनेको देखिएको थियो ।-नारायण खड्का,  Tulsipuronlineबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger