|
|
पौष १२ दाङ / दाङको तुलसीपुरमा आईतवार विश्वमा ख्याति प्राप्त सोमानी को डिलर एक कार्यक्रमको विच उद्घाटन गरिएको छ ।
विशेष गरी मार्वल्स, टायल र घर वनाउदा आवश्यक पर्ने सामाग्रीहरुको फुटकर तथा होलसेलमा उपलव्ध विभिन्न वाथरुम, किचन तथा लिभिङ्गरुममा प्रयोग हुने टायलहरु एउटै छानामुनि प्राप्त गर्न सकिने छ ।
उक्त सोरुमको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल ले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो । राप्ती अञ्चल कै आधिकारिक विक्रेताको रुपमा उच्च स्तरिय व्राण्डका टायल तथा अन्य घर सजाउने सामाग्रीहरु सुपथ मूल्यमा उपलव्ध गराईने उक्त राजधानी, मार्वल्स , टायल एण्ड सेनेटरी होमका संचालक प्रकाश लामिछानेले जानकारी दिनु भयो ।
त्यस्तै उहांले घोराही र लमहीका ग्राहकहरुका लागि दुवै स्थानमा सव डिलरको व्यवस्था मिलाइएको अर्का संचालक प्रमिश लामिछानेले वताउनु भयो । झण्डै २ करोडको लगानीमा संचालनमा ल्याइएको सो सोरुम उद्घाटन समारोहमा दाङका उद्योगपति एवं व्यवसायीहरुको उल्लेखिय सहभागीता रहेको थियो । शरद रेग्मी, dangkhabar.com
Post a Comment