पुस १०, धनुषा । धनुषाका घरघरमा अहिले ‘सिलिन्डर बम’ भित्रिन थालेको छ । लगातार चार महिनादेखिको बन्द हड्ताल र नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएको छ । तर धनुषाका गाउँसहरमा भारतीय सीमा बजारबाट तस्करहरुले घरघरमा ग्यास सिलिन्डर पुर्याउने गरेका छन् ।
तस्करहरुले तरकारी बेचेजस्तै घरघरमा पुगेर ‘ग्यास लिने’ भनी सोध्ने गर्छन र आफूसँग भएको भरिएको सिलिन्डरबाट खाली सिलिन्डर साट्ने गरेका छन् । सामान्यभन्दा दोब्बर, तेब्बर मोलमा पाउने यी सिलिन्डरहरु असुरक्षित हुने भएकाले एक प्रकारको बमजस्तै भएको ग्यास व्यवसायीहरुको भनाई रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
दुई दिन पहिल मात्रै धनुषामा सिल नलगाइएका ग्यास सिलिन्डर गाडीमा राखेर ओसारप्रसार गर्नेक्रममा ट्रकले पिकअप भ्यानमा ठक्कर दिँदा आगो बलेको र चालकको जलेर मृत्यु भएको थिया । सिल नगरिएका सिलिन्डर राख्न र ओसारप्रसार गर्न दुवैका लागि असुरक्षित रहेको व्यवसायीको भनाई छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment