|
|
दाङ २८, मङ्सिर । राप्ती अञ्चल अस्पताल तुलसीपुमा विद्युत् ‘फिडरलाइन’ आज जडान गरिएको छ ।
अस्पतालका नासु नागेन्द्र गिरीले दिनुभएको जानकारी अनुसार लामो समयको प्रतीक्षापछि उक्त लाइन जडान गरिएको हो ।
रु ४६ लाखको लागतमा फिडरलाइन जडान गरिएको गिरीले जानकारी दिनुभयो । फिडरलाइन जडानसँगै अब अस्पतालमा चौबिसै घण्टा बत्ती बल्लेछ भने अस्पतालको सेवा प्रवाहमा सजिलो हुने बताइएको छ ।
त्यस्तै अस्पतालले सेवा सञ्चालनका लागि वार्षिक रुपमा खर्च गदै आएको रु १० लाखदेखि रु १२ लाख बचत हुने जनाइएको छ । अस्पतालमा फिडरलाइन जडान भएपछि अब सेवाग्राहीलाई समेत सेवा लिन सजिलो हुनेछ ।
विसं २०६५ मा स्थापना भएको सो अस्पतालमा आज मात्र फिडरलाइन जडान भएको हो । अस्पताल परिसरमा पर्खाल नहुँदा, दरबन्दीअनुसारको चिकित्सक र उपकरण नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
Post a Comment