Headlines News :
Home » » दाङमा रगतको अभाव

दाङमा रगतको अभाव

Written By Unknown on Saturday, December 12, 2015 | 11:21 PM


मंसिर २७, दाङ । लामो समयसम्म रक्तदान कार्यक्रम हुन नसक्दा यतिखेर जिल्लामा रगतको अभाव हुन थालेको छ ।

रक्तसञ्चार केन्द्र, दाङका प्राविधिक ठाकुर पौडेलले दिएको जानकारीअनुसार अहिले केन्द्रमा ‘एबी’ पोजेटिभ समूहको रगत छैन भने अन्य समूहको रगत पनि न्यून रहेकोछ ।

यस्तै अवस्था रहेमा अबको केही दिनमा बिरामीलाई रगतको समस्या पर्न सक्ने पौडेलले बताए । 

रेडक्रस दाङका अध्यक्ष नारायणप्रसाद शर्माले रक्तदान गरेर रगतको अभाव पूर्ति गरिदिन सम्पूर्ण महानुभाव, संघसंस्था, शुभेच्छुकलाई अनुरोध गरेका छन् ।

दाङमा महिनामा १५० देखि २०० प्वाइन्टसम्म रगत खपत हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger