Headlines News :
Home » » राप्ती यातायात समितिले मालिका–कालिका प्रालीलाई बस सञ्चालन गर्न दिने

राप्ती यातायात समितिले मालिका–कालिका प्रालीलाई बस सञ्चालन गर्न दिने

Written By Unknown on Friday, January 1, 2016 | 5:16 AM


पुस १७, दाङ । मालिका–कालिका प्रालिलाई बस सञ्चालनमा कुनै अबरोध नगर्ने राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिले सहमती जनाएको छ ।

बस संचालनका विषयमा देखिएको विवाद समाधान गर्न जिल्ला प्रशासनमा भएको छलफलमा समितिले प्रालीलाई निर्बाध रुपमा बस सञ्चालन गर्न दिने सहमती जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका –कालिका प्रालिका पदाधिकारीहरुलाई वोलाएर विवाद समाधान गर्न छलफल गर्न गर्नुभएको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी काफ्लेले कुनै पनि समिती स्वच्छ प्रतिस्पर्धामा सब सञ्चालन गर्ने पाउनु पर्ने बताउनु भयो ।

कोही कसैले रोकटोक गरे अनुसन्धान गरी कानुनी कार्बाही गर्ने काफ्लेले बताउनु भएको छ । यात्रुहरुको माग अनुसार दुबै समितीले प्रभाबकारी सेवा दिने बारेमा सोच्न पनि आग्रह गर्नुभएको छ । प्रालिले दाङ काठमाण्डौ रुटमा ठुला यसी सहितका बस सञ्चालन गर्ने बताए पनि राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिसंग विवाद हुदै आएको थियो ।

प्रालिका पाँचवटा गाडीहरु जिल्ला भित्याए देखि नै सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरको हाता भित्रै राखिदै आइएको छ । यसैबीच राप्ती समितिले पनि हिजो मात्रै थप चारवटा वस भित्याएको छ । समितिले भित्याएका नयाँ वसहरुलाई विहिवार वजार परिक्रर्मा गराइएको थियो । मालिका–कालिका यातायात प्रालिले भोली देखि सेवा शुरु गर्ने जानकारी दिएको छ । नवीन अभिलाषी, dangkhabarबाट


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger