Headlines News :
Home » » प्यूठानमा धारीलो हतियार प्रयोग गरि एक बृद्धाको हत्या

प्यूठानमा धारीलो हतियार प्रयोग गरि एक बृद्धाको हत्या

Written By Unknown on Friday, January 1, 2016 | 5:41 AM


पुस १७, प्यूठान । खवाङ–६ पुतलीवाङ प्यूठानमा एक वृद्धाको शुक्रवार दिउँसो हत्या भएको छ ।

७२ वर्षीय रुमा गिरीको दिउँसो करिव १ बजे धारीलो हतियार प्रयोग गरी हत्या भएको स्थानीयले बताएका छन् । घरमा एक्लै मकैको आटो चालिरहेको अवस्थामा घटना भएको मृतकका भदै जालिम गिरीलाई उद्धृत गर्दै बाहानेबाट स्थानीय महेश थापाले बताएका छन् ।

गिरीले लगाएको गहना र कपडा घटनास्थलमै रहेको समेत उनले बताए । गिरीका छोरा हिजो लिघा गएको र बुहारी विद्यालयको झारामा र तीन जना नातिनातिना विद्यालय गएको अवस्थामा घटना भएको स्थानीयले बताएका छन् ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाहानेको टोली घटनास्थलतर्फ लागेको छ । -केशर रोका,Tulsipuronlineबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger