Headlines News :
Home » » सञ्चालनकै दिन मालिका-कालिका बसमा ढुंगा प्रहार, २ जना सहित १४ मोटरसाईकल प्रहरी नियन्त्रणमा

सञ्चालनकै दिन मालिका-कालिका बसमा ढुंगा प्रहार, २ जना सहित १४ मोटरसाईकल प्रहरी नियन्त्रणमा

Written By Unknown on Saturday, January 2, 2016 | 10:34 PM


पुस १९, दाङ । शनिबार देखी दाङ काठमाडौ डिलक्स बस सञ्चालन गरेको मालिका कालिका प्रालीको बस माथी ढुंगा प्रहार भएको छ ।

बेलुकी सवा ५ बजे तुलसीपुरबाट काठमाडौका लागि छुटेको ना ६ ख ९२८ नम्बरको बस माथी घोराहीको तुलसीपुर  चोकमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट बसको दाँया भागको ३ वटा सिसा फुटेको छ ।

ढुंगा प्रहारमा संलग्न रहेको आंशकामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ओवरराज टमाटा र दिपककुमार खत्री सहित १४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक कुबेर कडायतले जानकारी दिए ।

bsमालिका कालिका प्रालीले बसमा ढुंगा प्रहार राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका व्यक्तिहरुले गरेको आरोप लगाएको छ । उता प्रहरीले अनुसन्धान भैरहेको प्रतिक्रिया दिएको छ । तुलसिपुर बाटै धानखोला सम्म दाङ प्रहरीले बसलाई स्कटीङ गरेर काठमाडौ पठाएको छ ।

शनिबार बेलुका घोराहीमा पनि प्रहरीको स्कटिङ कै क्रममा बसमा ढुंगा प्रहार भएको थियो । महिना दिन अघि देखी नै प्रालीले बस सञ्चालनको तयारी गरिरहदा आक्रमण हुदै आएको छ । प्रालीका बस सञ्चालक माथी आक्रमण र बसमा ढुंगा प्रहार हुदै आएपछि प्राली र राप्ती समितिका पदाधिकारीलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले बोलाएर कानुन सम्बत चल्न र स्वच्छ प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए ।

तर शनिबार प्रालीले बस सञ्चालनको उद्घाटनका लागि सांसद बुद्धिराम भण्डारीलाई बोलाए पनि राप्ती समितिले त्यहाँ नजान दवाव दिएपछि भण्डारी गएका थिएनन् । प्रालीले दैनिक दाङ काठमाडौका लागि ३ वटा बस सञ्चालन गर्ने र प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा निर्धारण गरेको छ । प्रालीले दाङमा ७ वटा डिलक्स एसी बसहरु भित्र्याएको छ । Tulsipuronlineबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger