|
|
पुस १९, दाङ । मालिका-कालिका यातायात प्रालि दाङले शनिबारदेखी सुविधायुक्त डिलक्स बस संचालन गरेको छ ।
प्रालिले पहिलो दिन बेलुकी सवा ५ बजे ना ६ ख ९२८ नम्बरको बस काठमाडौ पठाएको छ । प्रालिका अध्यक्ष सुमन पोखरेलले बसमा चढेका यात्रुलाई अबिर लगाएर विदाई गरेका छन् ।
प्रालिले तुलसीपुर देखी काठमाडौं सम्मको भाडा दर एक हजार रुपैंया कायम गरेको महासचिव गेहेन्द्र वलीले जानकारी दिएका छन् ।
प्रालिद्धारा संचालन गरिएका डिलक्स बसमा वाइफाई, पिउने पानीको निःशुल्क व्यवस्था गरिएको छ । त्यसैगरी बसको प्रत्येक सिटमा मोबाइल चार्ज गर्ने सुबिधा समेत छ भने हिटर र कुलरको व्यवस्था छ ।
पहिलो दिन एउटा मात्रै बस सञ्चालन गरिए पनि केही दिनमै प्रत्येक दिन ३ तीन वटा डिलक्स बस संचालन गर्ने बरिष्ठ उपाध्यक्ष अरुण श्रेष्ठले बताए ।
दवावपछि उद्घाटन गर्न सांसद भण्डारी गएनन्
मालिका कालिका प्रालिले डिलक्स बस सेवा उद्घाटनका लागि सांसद बुद्धीराम भण्डारीलाई निम्ता गरेपनि उनि गएनन् । सांसद भण्डारी पनि प्रालिकै उद्घाटन गर्न काठमाडौ बाट तुलसीपुर आएका थिए । तर, सांसद भण्डारीलाई राप्ती समितीको दवावका कारण प्रालिको उद्घाटन गर्न नगएका प्रालिका प्रेस सल्लाहकार गणेश आचार्यले बताएका छन् ।
शनिबार बिहान राप्ती समिति सम्वद्ध युवाहरुले सांसद भण्डारीलाई कार्यक्रममा जान नदिन उनको घर करिब ४ घण्टा घेराउ गरेका थिए ।Tulsiuronlineबाट
Post a Comment