Headlines News :
Home » » अब गाई र भैंसीलाई पनि सरकारले सुत्केरी खर्च यसरि दिने भयो !

अब गाई र भैंसीलाई पनि सरकारले सुत्केरी खर्च यसरि दिने भयो !

Written By Unknown on Saturday, January 2, 2016 | 10:49 PM


पुस १९, काठमाडौं । सुत्केरी महिलालाई सरकारले हजार रुपैयाँ भत्ता दिँदै आएको छ । तर अब यो भत्ता उनीहरूमा मात्रै सीमित रहने छैन । पशु सेवा कार्यालय मकवानपुरले गाई–भैंसीलाई समेत त्यति नै सुत्केरी भत्ता दिने भएको छ । यो आर्थिक वर्षमा पहिलोपल्ट १ सय २५ वटा गाई–भैंसीले यस्तो सुविधा पाउने भएका छन् ।

सुत्केरी पशुको स्याहारमा किसानलाई प्रेरित गर्नका लागि भत्ताको व्यवस्था मिलाइएको पशु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधानले बताए । उनका अनुसार चालू आर्थिक वर्षर्को दोस्रो चौमासिकदेखि भत्ता वितरण गर्ने तयारी छ । दोस्रो चौमासिकमा ५० र तेस्रोमा ७५ वटा सुत्केरी चौपायाका धनीले रकम पाउने छन् ।

सुरुमा दुग्ध उत्पादक सहकारी संघले छनोट गरेका दुईवटा संस्थामा आबद्ध कृषकका सुत्केरी चौपायालाई भत्ता वितरण गरिने कार्यालयले जनाएको छ । प्रधानका अनुसार उक्त रकम गाई–भैंसीलाई पौष्टिक आहारा खुवाउन प्रयोग गर्नुपर्ने छ ।

आवश्यक मात्रामा क्याल्सियमलगायत पौष्टिक आहारा खुवाउन नसक्दा साल र बच्चा अडकिने, गाई–भैंसी मर्ने तथा किसानको लगानी खेर जाने समस्या छ । त्यसबाट पार पाउन यो योजना ल्याइएको प्रधानले बताए । गाई–भैंसी ब्याउनुअघि नै उक्त खर्च कृषकको हातमा पुर्‍याइने पनि उनले जनाए । त्यसबाट कृषकको लगानी संरक्षण हुनुका साथै उत्पादकत्व वृद्धि हुने कार्यालयको अपेक्षा छ ।

जिल्लामा चालू आवको पहिलो चौमासिकमा नियमित र निजी गरी पाँच हजार चार सय १९ वटा गाई–भैंसीको कृत्रिम गर्भाधान गरिएको छ । तालिमप्राप्त २९ प्राविधिकले चार हजार आठ सय ९७ गाई र पाँच सय २२ वटा भैंसीको कृत्रिम गर्भाधान गरेका हुन् । यो वर्ष १७ हजार पशुको कृत्रिम गर्भाधान गर्ने लक्ष्य छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger