Headlines News :
Home » » गरे नेपालमै पनि के हुँदैन, तरकारी फलाएर पाँच वर्षमा ३५ लाखको घडेरी

गरे नेपालमै पनि के हुँदैन, तरकारी फलाएर पाँच वर्षमा ३५ लाखको घडेरी

Written By Unknown on Friday, January 1, 2016 | 6:07 PM


पुस १८, कुस्मा 
फुलबुट्टे चोलीमा 
खोरमा बाख्रा, बारीमा तरकारी
नरमपन बोलीमा 
यो गीत हो पर्वतको लुंखुदेउराली–७ का किसानको । कुनै समय गुन्द्रुकसमेत किनेर खाने यहाँका किसानले अहिले आफ्नै बारीमा लाखौँ रुपैयाँको तरकारी उत्पादन गरी बेच्ने गरेका छन् । 

जाँगर र मेहनत हुन् हो भने जस्तोसुकै ठाउँमा पनि तरकारी खेती गरेर प्रशस्त आम्दानी गर्न सकिँदोरहेछ भन्ने उदाहरणसमेत बनेका छन् उनीहरु । 

पाँच वर्षअघिसम्म उक्त स्थानका बासिन्दाले बजारबाट तरकारी किनेर खाने गर्थे । कितपयको त हरियो तरकारी र गोलभेडा खाने बानी नै थिएन् । तर अहिले उक्त गाउँबाट वार्षिक झन्डै आधा करोड बराबरको तरकारी निर्यात हुने गरेको छ । विभिन्न संस्थाबाट तालिम लिएपछि अहिले उनीहरु व्यवसायिक तरकारी उत्पादन र बाख्रापालनमा लागेका छन् । 

हेफर इन्टरनेसनल नेपालको सहयोगमा इन्प्रेड नेपालद्वारा सञ्चालित साना किसान सबलीकरण परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि उक्त गाउँका सबै कृषक व्यवसायिक रुपमा बाख्रा पालन र तरकारी खेतीमा लोका छन् । 

अहिले एउटै घरबाट वार्षिक पाँच लाख रुपैयाँसम्मको तरकारी बिक्री हुन्छ भने बाख्रापालनबाट समेत उत्तिकै आम्दानी हुने गरेको कृषकको भनाई छ। -अन्नपूर्ण पोस्ट दैनिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger